काठमाडौं, २६ फागुन – जाजरकोट बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या २४ पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख डीएसपी भावेश रिमालले दुर्घटनामा मृत्यु हुनेको संख्या २४ पुगेको लोकान्तरलाई बताए । ‘घटनास्थलबाट २४ जनाको शव निकालिएको छ, अहिले घाइतेहरुको उपचारको लागि नेपालगञ्ज पठाउने तयारी गरेका छौं, बिहिबार अबेर उनले भने, ‘घटनास्थलमा उद्दारकार्य सकिएको छ । चौरजहारी अस्पतालमा उपचार सम्भव नभएकाले नेपालगञ्ज पठाउन लागिएको हो । ‘
उनको अनुसार केहिको चौरजहारी अस्पताल र गम्भीर घाइते २८ जनालाई नेपालगञ्ज पठाउन लागिएको हो । घाइतेलाई नेपालगञ्ज पठाउनको लागि काठमाडौंबाट हेलिकप्टर मगाइएको उनले बताए ।
जाजरकोट सदरमुकाम खलंगाबाट खारातर्फ जाँदै गरेको ना ३ ख २२७९ नम्बरको बस पासागाढ भन्ने स्थानमा भीरबाट करीब ४०० मिटर तल खसेर सो भयानक दुर्घटना भएको हो ।
दुर्घटनास्थलपछि घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी र स्थानीय उद्दामा खटिएका थिए ।
प्रहरीले मृतकको सनाखत हुन भने बाँकी रहेको जनाएको छ ।
घुमाउरो सडकमा तीब्र गतिका कारण बस दुर्घटनामा परेको अनुमान गरिएको डिएसपी रिमालले जनाएका छन् ।
चलानीमा ४३ जना मात्रै यात्रु बोकेर हिँडेको भएपनि बसले बाटोमा यात्रु थप्दै जाँदा संख्या बढेको हो ।
घटनास्थलमा पुगेका रुद्र स्थानीय विकास अधिकारी पण्डितका अनुसार घटनास्थलमा घाइते र मृतकका परिवार शोकाकुल भएका छन् ।
मंसिर १८ हुम्ला । सोमबार बिहानैबाट हिमाली जिल्ला हुम्लामा हिमपात सुरु भएको छ । रातभर
मंसिर १३, काठमाडौं । राजसंस्था सहितको हिन्दुराष्ट्र नेपालको नारासहित क्रियाशिल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र
मङसिर १२,स्याङ्जा। अनौपचारिक सामाजिक सुरक्षा कोषमा पहिलो पटक आवद्ध भएको गाउँपालिका फेदीखोला सम्मानित भएको छ ।
मङ्सिर ११, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानमा व्यवस्था अनुसार समाजवाद उन्मुख संविधान कार्यान्वयनको सबैभन्दा
मङ्सिर ११, काठमाडौँ । योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा योगदान गरिरहेकै अवस्थामा मृत्यु भएका व्यक्तिका
मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने