छापामा आजः सप्तरीमा प्रहरीको गोली लागेर चार जनाको मृत्यु, एमालेको अभियान स्थगित

patrapatrika-bimal-1-1२४ फागुन, काठमाडौं । नेकपा एमालेको मेची-महाकाली अभियानका क्रममा प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताबीच सप्तरीमा भएको झडपमा चार जना मोर्चाका कार्यकर्ताको मृत्यु भएको समाचारलाई मंगलबारका सबै दैनिक पत्रपत्रिकाले फ्रन्टपेजमा छापेका छन् । कुनैकुनै पत्रिकाले भने तीन जना प्रदर्शनकारीको मृत्यु भएको उल्लेख गरेको छ । सप्तरीमा तनाव भएपछि एमालेले तीन दिनका लागि अभियान स्थगित गरेको छ । त्यस्तै मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको समाचारलाई पनि सबै दैनिक पत्रिकाले फ्रन्टपेजमा कभरेज गरेका छन् ।

 

यससँगै अन्नपूर्ण पोस्ट् दैनिकले पशुपतिनाथ मन्दिरमुनि खाडल पर्न थालेको समाचारलाई फ्रन्टपेजमा छापेको छ । ५० वर्षपछि स्थानीय निकायको स्वरुप फेरिन लागेको समाचारलाई राजधानी दैनिकले महत्व दिएको छ ।

नेपालमा १० हजार अवैध विदेशी भएको समाचारलाई नागरिक दैनिकले प्राथमिकताका साथ प्रकाशित गरेको छ । कान्तिपुर दैनिकमा भूकम्पपीडितले घर बनाउनका लागि सरकारबाट दोस्रो किस्ता अनुदान रकम नपाएको समाचार छापिएको छ । नेपालीले नयाँ ग्रह पत्ता लगाएको समाचारलाई गोरखापत्र दैनिकले एकंर न्यूज बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको