२३ फागुन, राजविराज । विहानैबाट तनावग्रस्त सप्तरीको राजविराजमा गोली चलेको छ र, सुरक्षाकर्मीको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु भएको छ ।
औद्योगिक क्षेत्रमा एमालेको कार्यक्रम चलिरहँदा बाहिर भने प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । त्यही क्रममा एमालेको कार्यक्रम स्थलबाट करिव १०० मिटर पर गोली लागेर २० वषर्ीय संजन मेहताको मृत्यु भएको छ ।
थप केहीलाई पनि गोली लागेको छ र, उनीहरुको अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

एमालेको कार्यक्रम सकिने बेलामा प्रदर्शनकारीले एमाले कार्यकर्ताको मोटरसाइकल जलाएका थिए भने एक दर्जन गाडीमा तोडफोड गरेका थिए ।
एमाले शीर्ष नेताहरुको टोली कञ्चनपुरतिर लाग्न खोज्दा १०/२० जनाको समूहमा रहेका प्रदर्शनकारीले मधेसी मोर्चाका कार्यकर्ताले ठाउँठाउँमा अवरोध गरेका थिए । उनीहरुलाई हटाउन खोज्दा प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताबीच एकअर्कालाई लखेटा लखेट समेत भएको थियो ।
काठमाडौँ, र्वैशाख ८ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय प्राप्त गर्न
काठमाडौँ, वैशाख ७ गते । गृहमन्त्री सुधन गुरुङले रु २५ लाखको सेयरका विषयबारे आफ्नो सम्पत्ति विवरणमै
बैशाख १, २०८३, काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकारले ६ वटा राजनीतिक दलका घोषणापत्र समेट्दै
चैत २७, काठमाडौं। प्रधानमन्त्री बालेन शाह ले मन्त्रिपरिषद् विस्तार गर्दै उद्योग तथा श्रम मन्त्रालयमा दुई
चैत २४,काठमाडौं । सर्वोच्च अदालत ले सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका व्यक्तिहरूका परिवारले हक–अधिकार उपभोग गर्न
पोखरा, १६ चैत २०८२ । गण्डकी प्रदेशसभाले गण्डकी प्रदेश सडक ऐन, २०८१ लाई संशोधन गर्न