March 2, 2017

चाइना थ्री जर्जेज् कम्पनीको जलविद्युत उत्पादन १० खर्ब किलोवाट

एजेन्सी ,फागुन १९ ।जलबिद्युत उत्पादन गर्नमा विश्वको सबैभन्दा बिशाल र ख्याति प्राप्त कम्पनी थ्री जर्जेज्ले आफ्नो स्थापनाकालको चौध वर्षमा दश खर्ब किलोवाट (वान ट्रिलियन किलोवाट आवर्स–केडब्लुएच) जलबिद्युत उत्पादन गसिकेको जनाइएको छ । three-gorges-hydroelectric-power-plant-44285420

सन् १९९३ मा चीनमा स्थापना भएको चाइना थ्री जर्जेज् कर्पोरेसनले विश्वका बिभिन्न मुलुकका जलबिद्युत उत्पादन परियोजना सञ्चालन गरी आजका मितिसम्म दश खर्ब किलोवाट जलविद्युत उत्पादन, वितरण र ब्यवस्थापन गरिसकेको दाबी गरेको छ ।

 यसैगरी, थ्री जर्जेज् कर्पोरेसनले विश्वभरी इन्धनीय कोइला (स्टान्डार्ड कोल) खपतमा करिब ३२ करोड टनले कमी गराएको तथा बिषाक्त ग्याँसहरुः कार्बनडायअक्साइड – ८५ करोड ८० लाख टन तथा सल्फरडायअक्साइड – ९० लाख टन विश्व बायुमण्डलमा उत्सर्जन हुनबाट जोगाएको पनि सो कम्पनीले प्रेस बिज्ञप्ति मार्फत् दावी गरेको छ ।

हाल थ्री जर्जेज् कर्पोरेसनको स्वामीत्वमा जल नियन्त्रण गर्न सक्ने बहू–उद्देश्यीय प्रणालीयुक्त एउटा बिशाल बाँध, एकै पटकमा सात लाख किलोवाट जलबिद्युत उत्पादन गर्न सक्ने बत्तीस वटा हाइड्रो पावर टर्बो जेनरेटर, एउटा भीमकाय पाँचतले पानीजहाज र एउटा बिशाल शिपलिफ्ट यन्त्र छन् ।

बिश्वमा ठूलठूला नदीमा आउने बाढी नियन्त्रण गर्नमा, अति ठूलो परिमाणमा जलबिद्युत उत्पादन गर्नमा तथा ठूला नदीहरुमा चल्ने पानीजहाजको यातायात ब्यबस्थापन वा नियमितिकरण गर्नमा थ्री जर्जेजले हात हालेका परियोजनाहरुले राम्रो ख्याति आर्जन गरिरहेका छन् ।

जलबिद्युत उत्पादनमा थ्री जर्जेजको कूल वार्षिक क्षमता ८८ अर्ब २० करोड किलोवाट रहेको र प्रत्येक युनिटले बार्षिक दुई करोड पच्चीस लाख किलोवाटसम्म जलविद्युत उत्पादन गर्न सक्ने हाइड्रो–पावर प्लान्ट जडान र सञ्चालन गर्ने क्षमता यस कर्पोरेशनसँग रहेको समेत दाबी गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबिच भेट

वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री

नेपालको अदालतमा अभिलेख सङ्कट : अबको बाटो कता?

काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष

सूचीकरणमा नआएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

काठमाडौँ, भदौ १९ गते । नेपाल सरकारको निर्णय अनुसार सूचीकरणका लागि तोकिएको समयमा सम्पर्कमा नआएका

ए आईले अमेरिकामा युवाको रोजगारी घटायो

साक्रामेन्टो (अमेरिका), भदौ ११ गते। कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोगले अमेरिकामा २२ देखि २५ वर्ष उमेर

सामाजिक सञ्जाल कानुनी दायरामा ल्याइनुपर्छ : प्रधानमन्त्री ओली

ललितपुर, साउन ३० गते (रासस) — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सञ्चालनमा रहेका सबै सामाजिक

सरकारले राष्ट्रिय एआई नीति–२०८२ स्वीकृत गर्‍यो

काठमाडौँ, साउन २९ — सरकारले राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति–२०८२ स्वीकृत गर्ने निर्णय गरेको छ।