दल दर्ता आहृवान खुल्यो

 फागुन १८ गतेसम्म दर्ता गरिसक्नु पर्ने आयोगको घोषणा

१६फागुन, काठमाडौ । निर्वाचन आयोगले आगामी स्थानीय निर्वाचनमा भाग लिन इच्छुक दलहरुका लागि छोटो मिति राखेर दल दर्ता आह्वान खुलाएको छ ।

निर्वाचन आयोगले आइतबार एक विज्ञप्ति निकालेर फागुन १८ गतेभित्र निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा उपस्थित भई दल दर्ता गरि सक्न आहृवान गरेको हो ।

यो आह्वान यसअघि आयोगमा दर्ता भइसकेका दलहरुका लागि मात्रै हो । आयोगले स्थानीय निर्वाचनमा भाग लिने प्रयोजनका लागि नयाँ दल दर्ता खुल्ला गरेको छैन । निर्वाचन आयोगले संविधानको धारा २६९ बमोजिम निर्वाचन आयोगमा दर्ता भई आफू क्रियाशील जिल्लास्थित क्षेत्रीय निर्वाचन कार्यालय वा जिल्ला निर्वाचन कार्यालयमा विवरण उपलब्ध गराउने राजनीतिक दलहरूलाई मात्र आगामी निर्वाचनमा भाग लिन दिने निर्णय गरेको हो ।

आयोगले भनेको छ, ‘आगामी बैशाख ३१ गते सञ्चालन हुने स्थानीय तहको निर्वाचनमा भाग लिनका लागि फागुन १८ गतेसम्म कान्तिपथ, काठमाण्डौस्थित यस आयोगमा निवेदन दिने व्यवस्था गरिएको छ ।’

दल दर्ता गराउँदा चाहिने कागजपत्रElection-notice

आगामी निर्वाचनमा भाग लिन चाहने दलहरुले दलको महाधिवेशन भएको मिति र स्थान उल्लेख गर्नुपर्नेछ । यस्तै दलको संगठनात्मक स्वरूप, दलको केन्द्रीय कार्यकारिणी समितिको पदाधिकारी तथा सदस्यको संख्या, आयोगसमक्ष दलको वाषिर्क लेखापरीक्षण प्रतिवेदन पेश गरेको मिति उल्लेख गर्नुपर्नेछ ।

यसै गरी दलको केन्द्रीयस्तर, प्रदेशस्तर र जिल्ला कार्यकारिणी समितिको निर्वाचन भएको छ भने पछिल्लो निर्वाचन भएको मिति, आवश्यक पर्नेछ । यससँगै दलको आधिकारिक छापको नमूना, दलको झण्डा, दलको चिन्ह, केन्द्रीय कार्यकारिणी समितिले राजनीतिक दल दर्ता गर्न निवेदन दिने व्यक्तिलाई अधिकार दिएको पत्र हुनुपर्नेछ । र, अन्त्यमा माथि लेखिएको व्यहोरा सत्य भएको घोषणा हस्ताक्षर गर्नुपर्ने आयोगले जनाएको छ ।

यसैगरी निर्वाचन आयोगले मतपत्र छपाइका लागि आवश्यक कागजको बन्दोबस्ती भइसकेको जनाएको छ । निर्वाचन आयोगले आज जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडमा भएको कागजलाई नै मतपत्र छपाइमा प्रयोग गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कुम्भ मेलाले धार्मिक पर्यटक बढाएको छ : सभामुख घिमिरे

 वैशाख २३ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सुनसरीको चतरामा लागेको महाकुम्भ भेलाले आन्तरिक तथा बाहय

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो