निर्वाचन आयोगले पनि धमाधम निर्वाचनको काम गरिरहेको छ । उम्मेदवारहरूले पनि आफ्ना अफ्ना योजना गराइरहेका छन् ।
तर भोट हाल्ने त मतदातालेनै हो । भोट हाल्नको लागि मतदाता नामावलीमा नाम लेखाउनु पर्छ । अहिले चाहिँ आयोगले मतदाता नामावलीमा नाम दर्ता गराउन रोकेको छ । होइन भने यो काम निरन्तर चलिरहेको थियो । कतिपय जिल्लामा त नागरिकता बनाउने वित्तिकै मतदाता नामावलीमा नाम लेखाउन पाउने गरि निर्वाचन आयोगले डेस्क खडा गर्छ ।
निर्वाचन आयोगसँग मतदाता नामावली छ । त्यसमा केही त्रुटी भएमा तपाईले सच्याउनुपर्छ । होइन भने भोट हाल्ने बेलामा समस्या पनि सिर्जना हुन सक्छ । फागुन १७ गते देखि २१ गते नामावलीमा भएको आफ्नो विवरणमा केही गल्ती भएमा सच्याउन सकिन्छ ।
१८ वर्ष उमेर पुगेका हरेक नागरिकले मत हाल्न सक्छन् । तर मत हाल्नको लागि चाहिँ मतदाता नामावलीमा नाम हुनु अनिवार्य छ । देशभर कति मतदाता छन भनेर ठ्याक्कै विवरण नआइसकेको भएपनि एक करोड ४० लाख मत पत्र छपाउने तयारी निर्वाचन आयोगले गरेको छ ।
तपाईको नामावली आयोगको सूचीमा छुटेको पो छ कि रु वा त्रुटिपूर्ण पो छ कि
तपाईंको नाम मतदाता नामावली मा छ की छैन ?
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
काठमाडौं, फागुन २७ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति
काठमाडौं, फागुन ११ । केपी शर्मा ओलीले केही व्यक्तिहरूले हठात् रूपमा आफूलाई प्रधानमन्त्री घोषणा गर्ने
फागुन २०८२ पुस्तक समीक्षा सञ्चारकर्मी राजेन्द्र कुँवरद्वारा लिखित ‘नेपाली दृष्टिकोणमा खम्पा विद्रोह’ पुस्तकले उक्त ऐतिहासिक
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फाल्गुन ४, दमक । केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री ओली