कतै जनयुद्ध दिवस त कतै शोक दिवस

biplav-maoist-rally-3२ फागुन, काठमाडौं । माओवादीले ‘जनयुद्ध’ दिवस मनाइरहेकै बेला उनीहरूबाट पीडित नागरिकले शोक दिवस मनाएका छन् । माओवादीले १० वर्षसम्म सञ्चालन गरेको सशस्त्र द्वन्द्वबाट पीडितले शोक दिवस मनाएका हुन् ।

नेपाली कांग्रेसका नेता कुलबहादुर गुरुङको नेतृत्वमा रहेको द्वन्द्वपीडित राष्ट्रिय समाजको आयोजनामा पीडितले फागुन १ लाई शोक दिवसका रुपमा मनाएका हुन् । पीडितले सिंहदरबार दक्षिण गेटमा  दुई घन्टा धर्ना दिँदै न्याय दिन मागेका थिए । अमर प्रहरी सहिद परिवारसँग मिलेर नेपाली कांग्रेसनिकट पीडितले यस्तो कार्यक्रम गरेका हुन् । आजको नागरिक दैनिकमा समाचार छ ।

 

धर्नापछि उनीहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर १२ बुदे ज्ञापनपत्र बुझाए।   सरकार, राजनीतिक दल, नागरिक समाज, मानवअधिकारवादी संघसंस्था, सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगलगायतको ध्यानाकर्षण गराउँदै १२ बुँदे ज्ञापनपत्र बुझाइएको पीडितले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

द्वन्द्वसँग सरोकार नभएका व्यक्ति पनि पीडित बनेको, दण्डहीनता र कानुन हातमा लिने प्रचलन विकास भएको, पीडक पुरस्कृत र पीडित दण्डित हुने उल्टो चक्र विजारोपण भएको विज्ञप्तिमा उल्लेख छ।

ज्ञापनपत्र बुझ्दै सभापति देउवाले सबै पीडितले न्याय पाउनेमा आफू ढुक्क भएको बताए । न्याय दिनकै लागि गठन भएका सत्यनिरुपण र बेपत्ता छानबिन आयोगले सर्वोच्चको आदेश अनुसार ऐन संशोधन भएपछि तीव्र गतिमा पीडितका पक्षमा काम गर्ने आवश्वास देउवाले उनीहरूलाई दिएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष: प्रतिनिधिसभा निर्वाचनका सबै तयारी पूरा

काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र

ओलीको अपिल: राष्ट्रको पक्षमा स्पष्ट निर्णय लिन मतदातालाई आग्रह

काठमाडौं, फागुन १७ — केपी शर्मा ओलीले मतदातालाई देशको पक्षमा स्पष्ट निर्णय लिन आग्रह गरेका

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका छ: केपी शर्मा ओली

विराटनगर, फागुन १५ । केपी शर्मा ओलीले आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका व्यक्त गरेका