विप्लव माओवादीको शक्ति प्रदर्शन

विप्लव नेतृत्वको नेकपा माओवादीको आठौं महाधिवेशन आजबाट सुरु भएको छ ।  त्यती धेरै अवरोध नगरी हजारौ जनता खुलामञ्चमा उतारेर जनयुद्ध दिवस र आठौं महाधिबेशनको उद्घाटन कार्यक्रम गरेको छ।Biplob-Rally-5

 

राजधानीको खुलामञ्चमा अहिले उदघाटनसत्र चलिरहेको छ । माओवादीले बन्दसत्र भने रोल्पाको थवाङमा गर्ने बताएको छ ।

उदघाटनसत्र सुरु हुनुअघि खुलामञ्चलाई केन्दि्रत गरी काठमाडौंका तीन स्थानबाट जुलुससहितको र्‍याली निकालिएको थियो ।उपत्यका र बाहिरबाट आएका कार्यकर्ताहरुलाई समेत समेटेर बबरमहल, कालीमाटी र लैनचौरबाट आएको र्‍याली शहिदगेटमा एकीकृत भएको थियो । त्यहाँबाट पार्टी महासचिव नेत्र बिक्रम चन्दको अगुवाईमा खुलामञ्च पुगेर सभामा परिणत भएको थियो ।Biplob-Rally-3Biplob-Rally-2

आफ्नो पार्टीको आठौं महाधिवेशन उद्घाटन समारोहमा बोल्दै नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले प्रधानमन्त्री एव्म माओवादी केन्द्रका अध्यक्ष प्रचण्डमाथि हमला गरेका छन् ।

उनले अन्य संसदवादी राजनीतिक दलमाथि पनि औला ठडएका छन् ।

विप्लवे भनेका मुख्य बुँदा
–तपाईका चुल्योमा पकाएर खाई तपाईहको लागि लड्न प्रतिवद्धता छ
–२२ औ जनयुद्ध दिवस र ८ औ महाधिवेशन एकै दिन मनाएका छौ
–जब देशमा समस्या हुन्छ, तब जनता एक ढिक्का भएर उठेको इतिहास छ
–हाम्रो पार्टी महत्वकाँक्षिहरुका पार्टी होइन, नेपाली जनताको पार्टी हो ।
–यो महाधिवेशनको उद्घाटना नेपाली जनताको स्वाधिनताको उद्घाटन हो
–सबैको सुझाव सल्लाहबाट यो उद्घाटन गरिएको हो
–यो विचारको पनि उद्घाटन हो
–हाम्रो पार्टी एउटा इतिहास रच्ने पार्टी हो ।
–हाम्रो पार्टी खान नपाएको भोका नङ्गाका पार्टी हो
–विदेशीहरुका सबै किसिमका हस्तक्षेपको विरुद्धमा लड्ने पार्टी हो
–सम्राज्यवादी पार्टीहरुले हेप्न खोजेका छन्, जनता एक ढिक्का भयो भने हेप्न सक्दैन
–हो, माओवादीले सपना देखाए, दिदी वहिनीले हतियार उठाए, हजारौ हजारौ जनमुक्ति बनाएर जनयुद्ध लड्यौं
–जनयुद्धले देशमा परिवर्तन ल्याएका छ तर धेरै निराशा ल्याएको छ
–शान्ति प्रकृयामा हामी जितेर आएका हौं
–संसदवादी, काँग्रेससँग हारेर आएका होइनौ, हामी जितेर शान्ति प्रकृयामा आएका हौं
–लैनचौरको कुर्सीबाट हाम्रो पार्टीमा किटाणु सर्यो
–त्यसबाट केही नेता हराए, धरमराए लोप भए
–हामी हराएका छैनौ, हामी ती किटाणुसँग लड्न तयार छौ
–नेकपा माओवादी इतिहास रचने पार्टी हो
–सिण्डिकेट तीन दल रहेको छ
–नेपाली जनताका बारमा ती दलले कहिले चिन्ता गरेका देख्नु भएको छ
–हाम्रो देशमा ४० लाख सुकुम्बासी छ, उनीहरु बेखबर छ
–उल्टै साउनको झरीमा ती सुकुम्बासीको घर भत्काएको छ ती दलहरुले
–तपाई (सुुकुम्बासी) को घरमा डोजर लगाउँदा, तपाईका घरको मकै ढाल्दा हामीले साथ दिएका हौं त्यसको विरोधमा नेपाल बन्द पनि गरेका हैं
–अधिकारका लागि विद्रोह गर्नुपर्छ
–अब सुकुम्बासीहरु एक ढिक्का भएर अधिकारका लागि लड्नुपर्छ
–नेपालमा सबभन्दा बढी महिला पीडित छन्, बोक्सी भएर पछारीन्छ, कुटिन्छ
–नेपाली महिला विदेशका खाडीमा पनि बेचिएका छन्, यो राज्यसत्ताका कारणले भएको हो
–अब महिलाहरु पनि आत्मरक्षाका लागि उठ्नुपर्छ
–अब मागेर अधिकार दिदैन, त्यसका लागि लड्नुपर्छ
–दलितलाई फाँसी झुण्डाईको छ ।
–कालिकोटाका दलित महिला पहिलो पटक प्रहरीको हतियार खोसेको इतिहास छ
–आवश्यक पर्दा बन्दुक पनि उठाउनुपर्छ, अब मागेर हुँदैन, खोसेर लिनुपर्छ
–हाम्रा युवाहरुको रगत पसिनाले यी शासकले बेचेका छन्
–नेपालीहरु विदेशी सिमानामा गएर मर्नु र बाँच्नुका अवस्था छ
–विदेशीका अस्पतालमा युवाको लास कुहिरहेको छ
–ती लास ल्याउन क्षमता यो राज्यसँग छैन
–यहाँ विदेशीको इशारामा बोल्नेहरु छन्
–सडकमा उफ्रिएर राष्ट्रियताको कुरा गरेर हुँदैन
–नेपाली सेनाको बेइज्जति हामी स्वीकार गर्दैनौ
–हाम्रो विमानस्थल पनि विदेशीको सुरक्षामा दिन खोजेका छन् के यसमा नेपाली सेनाको बेइज्जती भएन
–नेपाली उद्योगी व्यवसायीमाथि विश्वास गरिरहेको छैन
–एउटा राम्रो व्यवसायी गर्नुपर्यो, कुनै राम्रो उद्योग खोल्नु पर्यो भने विदेशीलाई नै ताक्छ
–भारतमा पनि संघीयता छ, त्यहाँ के त्यहाँको मधेशीले अधिकार पाएको छ
–संघीयताका भ्रममा पर्नु हुँदैन
–मधेशी, जनजाति, गरिब जनतालाई झुक्याउने खेल भएको छ
–संघीयता रंगिन नारा मात्र हो, यस्तो भ्रममा पर्नु हुँदैन
–नेपालीलाई फुट्याउन यो षड्यन्त्र हो
–नेपालका सबै क्षेत्री बाहुन शासक होइन
–बाहुन क्षेत्रीको कुरा गरेर नेपाली बीच फुटाउन काम गरेको छ
–भुकुम्प पीडितको नाममा आउने जस्तापाता बेचेर खाएको मन्त्रीहरु छन् यहाँ
–भुकुम्प पीडितका लागि यो सरकार लाचार भएका छन्
–विरामीहरु उपचार गराउनका लागि अस्पताल जान्छ तर त्यहाँका रकम दिन नसक्दा छतबाट हाम फालेर ज्यान दिन्छ
–प्रजातन्त्र कस्तो हुन्छ किसानको घरबाट आउनुपर्छ, दलित, सुकुम्बासीका घरबाट सिकर आउनुपर्छ
–हामीले आफ्नो देशको पानी नछुन नपाउने अवस्था आएको छ
–हामीले आफ्नो जंगल छुन्न नपाउने यो के भएको नेपालमा
–जति जति बेला देशमा आयो देशलाई बेचियो
–दिनभरि दिएको प्रचण्डको भाषणलाई केपी ओलीका एउटा टुक्काले समाप्त गरि दिन्छ
–यो चटकी र चाटुकारको देश भएको छ ।
–देशका जनताले यस्तो विजोग देखेकेका छन् ।
–ढाँट्ने र छल्ने बाहेक केही गरेका छैन
–बीपी कोइरालाले भनेको जस्तो प्रचण्डले भन्न सकेका छैन
–आफ्नो सदस्यलाई पनि संरक्षण गर्न नसक्ने
–आफ्ना कार्यकर्ताको विजोग हेर्न सकिरहेका छैन प्रचण्डले
–माओवादी जनयुद्धमा भएका ज्यादतीको हिसाब किताब भएन भने हामी संघर्ष गरेर हिसाब किताब लिन्छौ
–सबै समान सन्धि सम्झौता खारेज हुनुपर्छ प्रचण्डले हामीसँग आन्दोलन गर्न लगाउनुभयो
–मोदीका अगाडि प्रचण्डको शीर निहुरिए
–राज्यले असली जनताको नेतृत्व गर्न नपाएका कारण देशका यो अवस्था भएको हो ।
–सिके राउतको हवला दिएर माओवादीलाई समात्ने कुरा गरेका छ
–माओवादीलाई समात्ने त्यति सजिलो छैन
–देशका लागि लड्नेलाई जेल हाल्ने हो कि देश लुटर खानेहरुलाई जेल हाल्ने हो ?
–प्रधानमन्त्री दुई पटक प्रधानमन्त्री बन्नुभयो तर रोल्पालाई कहिले सम्झिनुभएन
–रोल्पका कलेज भारतीय राजदूतावासले बनाएको छ, यसमा प्रचण्डलाई लाज लाग्नुपर्ने होइन
–संसदीय व्यवस्थाले देशका हित गर्दैनन्
–सबैको रक्षा गर्ने गणतन्त्र समाजवादी हो जनवादी हो
–माओवादीलाई साथ दिनुस् माओवादीले कहिले धोका दिँदैन

छोटो समयमै पार्टीलाई ठुला पार्टी सरहको देशैभर संगठन विस्तार गरेर भब्य र सब्य ढंगले यती ठुलो कार्यक्रमको व्यवस्थपन गर्नु सराहनिय रहेको विश्लेषकहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष: प्रतिनिधिसभा निर्वाचनका सबै तयारी पूरा

काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र

ओलीको अपिल: राष्ट्रको पक्षमा स्पष्ट निर्णय लिन मतदातालाई आग्रह

काठमाडौं, फागुन १७ — केपी शर्मा ओलीले मतदातालाई देशको पक्षमा स्पष्ट निर्णय लिन आग्रह गरेका

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित