सेनाले गर्यो बैतडीमा निःशुल्क स्वास्थ्य शिविर

बैतडी, माघ २९ । नेपाली सेनाको बैतडीमा रहेको सत्रुमर्दन गुल्मले जिल्लाको दुर्गम तल्लोस्वराडमा सञ्चालन गरेको एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
तल्लोस्वराडको मेलौलीमा सञ्चालन गरेको शिविरबाट १७४ स्थानीयबासिन्दाले सेवा लिएको सत्रुमर्दन गुल्मका गुल्मपती सेनानी उज्जवल बानियाँले बताए ।
स्वास्थ्य शिविरमा चिकित्सक नवीन अधिकारीले १११ महिला र ६३ पुरुषको स्वास्थ्य परीक्षण गर्नुभएको थियो । शिविरमा निःशुल्क औषधि समेत वितरण गरिएको थियो ।army
यस्तै जिल्ला स्वास्थ्य कार्यालयले मङ्गबारदेखि कुलाँउ र मेलौलीमा सञ्चालन गरेको महिला बन्ध्याकरण मिनील्याप तथा स्वास्थ्य परीक्षण शिविर पनि शुक्रबारै सम्पन्न भएको छ । उक्त शिविरमा सन्तानको रहर पुगिसकेका कुलाँउका १९ तथा मेलौलीका ११ गरी ३० महिलाले मनिल्याप सेवा लिएका छन ।
यस्तै कुलाँउमा २० तथा मेलौलीमा ८५ गरी १०५ गर्भवती महिलाले अल्ट्रासाउण्ड सेवा लिएका छन भने शिविरमै चेकजाँचकै क्रममा मेलौलीमा २४ महिलामा पाठेघर खस्ने समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डाक्टर गुणराज अवस्थीले जानकारी दिए ।
यसैबीच जिल्ला प्रशासन कार्यालयले सञ्चालन गरेको घुम्ती शिविरवाट तल्लोस्वराडका २०० बढी स्थानीय बासिन्दाले नेपाली नागरिकताको प्रमाणपत्र लिएको प्रमुख जिल्ला अधिकारी किशोरकुमार चौधरीले जानकारी दिए । यही माघ २५ गतेदेखि सुरु भएको घुम्ती शिविर आजसम्म सञ्चालन हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

सफल जीवन बीमा अभिकर्ता बन्ने कला

  अधिवक्ता तारा निधि पन्त जीवन बीमा अभिकर्ता बन्नु केवल आम्दानीको स्रोत मात्र होइन, समाजका व्यक्तिहरूलाई

काठमाडौँ महानगरपालिकाबाट कीर्तिपुर अस्पताललाई स्वास्थ्य उपकरण खरिदमा सहयोग

काठमाडौँ, माघ २७ गते । काठमाडौँ महानगरपालिकाले कीर्तिपुर अस्पताललाई स्वास्थ्य उपकरण खरिदका लागि सहयोग गर्ने

हिउँ पर्ने बहानामा दुई चरणमा निर्वाचन स्वीकार्य छैन : ओली

 माघ २२,काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिउँ पर्ने बहानामा निर्वाचन दुई चरणमा