सुन तस्करसँग जोड्न खोजेकोमा ओली त्रसित ?

kp-oli-1-768x512काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको बद्नाम गर्न खोज्नेहरु सक्रिय रहेको आरोप लगाएका छन् ।

उनले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट गत पुस २१ गते भएको साढे ३३ किलो सुन तस्करीमा आफू र बामदेव गौतमको समेत नाम जोड्ने दुष्प्रयास गरिएको भन्दै आपत्ति जनाए ।

‘चरित्र हत्या गर्ने उद्देश्यले सुन तस्करीसँग मेरो र बामदेव गौतमको नाम जोड्न खोजियो’ ओलीले बिहिबार राजधानीमा एमाले निकट अखिल नेपाल महिला संघको केन्द्रीय कमिटिको नर्वौ बैठकलाई सम्बोधन गर्दै भने, ‘ एमालेले राष्ट्रियताको पक्षमा बोलेकोले यो विषयमालाई मोड्नको लागि बाह्य तत्वहरु खेलेको खेल हो । यो हास्यास्पद छ ।’

उनले एमालेका विरुद्व संगठीत गिरोहहरु परिचालिन गरिएको समेत दाबी गरे ।

केहि दिनअघि मात्रै सुन तस्करी काण्डमा त्रिभुवन विमानस्थलका तत्कालीन एसएसपी श्याम बहादुर खत्री समातिएका थिए । उनलाई गृहमन्त्री हुँदा बामदेवले विमानस्थलमा सरुवा मिलाएका थिए ।

ओलीले सरकारको आयू २ महिना पनि नरहेको पनि दावी गरेका छन् । अध्यक्ष ओलीले आईजीपी नियुक्तीमा सत्तारुढ दलबीच देखिएको विवादले सरकार अकालमै ढल्न सक्ने देखिएको बताए । उनले सरकार नाफामूखि भएको आरोप लगाउदै सरकारले तिथिलाई भन्दा आफनो लाभलाई प्राथमिकता दिएको तर्क पनि गरे ।

अखिल नेपाल महिला संघको केन्द्रिय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘सरकार निकम्मा बन्दै गएको छ कुनै पनि बेला ढल्न सक्छ,’ ओलीले सरकारले भूकम्प पीडितलाई राहत दिने कामलाई समेत आफनो निजी लाभहानीको विषयसँग जोडेको भन्दै आक्रोश समेत व्यक्त गरे ।

अध्यक्ष ओलीले संसद बैठक फागुन १० गतेसम्म पछि सारिएको भन्दै आपत्ति समेत जनाए । ‘निर्वाचनका लागि आवश्यक कानुन फागुन पहिलो हप्ता भित्र दिन निर्वाचन आयोगले आग्रह गरिरहेकै बेला सरकारले संसद बैठक नै पछि धकेलेको छ यो कस्तो काम हो ?’ अध्यक्ष ओलीको प्रश्न थियो । अध्यक्ष ओलीले नेपालमा महिला हक, अधिकारको क्षेत्रमा असाधारण उपलब्धि भएको पनि दाबी गरे । उनले भने ‘कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका तीन वटै निकायमा महिलाहरु प्रमुख हुनु असाधारण उपलब्धि

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

उज्यालो नेपाल पार्टीको घोषणा, सुमना श्रेष्ठ पनि पुगिन् घोषणा सभामा

मंसिर १७, काठमाडौं। सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ, र भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि

प्रचण्ड–माधव र भीम रावलबीच ७ बुँदे सहमती

काठमाडौँ, कार्तिक २६।भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान र *नेपाल कम्युनिस्ट पार्टी (नेकपा)*बीच ७ बुँदे

मुलुकको समृद्धि श्रमबाट मात्रै सम्भव छ : अध्यक्ष साम्पाङ

कात्तिक  १९, फिदिम, । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले श्रमको मूल्य र संस्कृतिको प्रसारबाट