सुन तस्करसँग जोड्न खोजेकोमा ओली त्रसित ?

kp-oli-1-768x512काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको बद्नाम गर्न खोज्नेहरु सक्रिय रहेको आरोप लगाएका छन् ।

उनले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट गत पुस २१ गते भएको साढे ३३ किलो सुन तस्करीमा आफू र बामदेव गौतमको समेत नाम जोड्ने दुष्प्रयास गरिएको भन्दै आपत्ति जनाए ।

‘चरित्र हत्या गर्ने उद्देश्यले सुन तस्करीसँग मेरो र बामदेव गौतमको नाम जोड्न खोजियो’ ओलीले बिहिबार राजधानीमा एमाले निकट अखिल नेपाल महिला संघको केन्द्रीय कमिटिको नर्वौ बैठकलाई सम्बोधन गर्दै भने, ‘ एमालेले राष्ट्रियताको पक्षमा बोलेकोले यो विषयमालाई मोड्नको लागि बाह्य तत्वहरु खेलेको खेल हो । यो हास्यास्पद छ ।’

उनले एमालेका विरुद्व संगठीत गिरोहहरु परिचालिन गरिएको समेत दाबी गरे ।

केहि दिनअघि मात्रै सुन तस्करी काण्डमा त्रिभुवन विमानस्थलका तत्कालीन एसएसपी श्याम बहादुर खत्री समातिएका थिए । उनलाई गृहमन्त्री हुँदा बामदेवले विमानस्थलमा सरुवा मिलाएका थिए ।

ओलीले सरकारको आयू २ महिना पनि नरहेको पनि दावी गरेका छन् । अध्यक्ष ओलीले आईजीपी नियुक्तीमा सत्तारुढ दलबीच देखिएको विवादले सरकार अकालमै ढल्न सक्ने देखिएको बताए । उनले सरकार नाफामूखि भएको आरोप लगाउदै सरकारले तिथिलाई भन्दा आफनो लाभलाई प्राथमिकता दिएको तर्क पनि गरे ।

अखिल नेपाल महिला संघको केन्द्रिय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘सरकार निकम्मा बन्दै गएको छ कुनै पनि बेला ढल्न सक्छ,’ ओलीले सरकारले भूकम्प पीडितलाई राहत दिने कामलाई समेत आफनो निजी लाभहानीको विषयसँग जोडेको भन्दै आक्रोश समेत व्यक्त गरे ।

अध्यक्ष ओलीले संसद बैठक फागुन १० गतेसम्म पछि सारिएको भन्दै आपत्ति समेत जनाए । ‘निर्वाचनका लागि आवश्यक कानुन फागुन पहिलो हप्ता भित्र दिन निर्वाचन आयोगले आग्रह गरिरहेकै बेला सरकारले संसद बैठक नै पछि धकेलेको छ यो कस्तो काम हो ?’ अध्यक्ष ओलीको प्रश्न थियो । अध्यक्ष ओलीले नेपालमा महिला हक, अधिकारको क्षेत्रमा असाधारण उपलब्धि भएको पनि दाबी गरे । उनले भने ‘कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका तीन वटै निकायमा महिलाहरु प्रमुख हुनु असाधारण उपलब्धि

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ओलीको अपिल: राष्ट्रको पक्षमा स्पष्ट निर्णय लिन मतदातालाई आग्रह

काठमाडौं, फागुन १७ — केपी शर्मा ओलीले मतदातालाई देशको पक्षमा स्पष्ट निर्णय लिन आग्रह गरेका

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका छ: केपी शर्मा ओली

विराटनगर, फागुन १५ । केपी शर्मा ओलीले आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका व्यक्त गरेका

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

झापा–५ केन्द्रित प्रतिबद्धतासहित बालेन शाहको घोषणापत्र सार्वजनिक

काठमाडौं, ११ फागुन। झापा निर्वाचन क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बालेन्द्र शाह (बालेन)ले

गगन थापाको बालेन शाहप्रति कटाक्ष: “कसैलाई घोक्राएर सडक समयमा बन्दैन”

फागुन ८, काठमाडौं । गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहप्रति कटाक्ष गर्दै