चरम बेरोजगारीका कारण वर्षेनी लाखैँ नेपाली युवाहरू खाडीलगायतका देशमा श्रम बेच्न बाध्य हुन्छन् । मीठो सपना देखेर साहुको ऋण उठाएर गएका उनीहरूले भोक प्यास नभनि तातो गर्मीमा काम गर्न बाध्य हुन्छन् । ओठमुख सुकाएर काम गर्दा पनि जाँदा लागेको ऋणसमेत तिर्न सक्दैनन् ।
विदेशमा बसेर काम गर्दागर्दै कतिपय नेपालीले बीना कसुर जेल सजाय भोग्नु समेत परेको हुन्छ । त्यसको उदाहरण हुन भर्खरै साउदी जेलबाट छुटेर फर्किएका १० जना नेपाली ।
जेल सजाए भोगेका ती १० जनालाई नेपाल सरकारले अघिल्लो साता फिर्ता ल्याएको थियो । जेल छुटेर नेपाल आएपछि उनीहरुले प्रधानमन्त्रीसँग भेटेर जीवनरक्षाको राहत मागेका थिए । उनीहरु १० मध्य वीरबहादुर बुढाथोकी, भिमप्रसाद चिमोरिया र रामबहादुर तामाङलले साउदी जेलको यातनाको बारेमा वर्णण गरेका छन् । उनीहरुले गरेको कुराकानीको सम्पादित अंश–
मेरो नाम वीरबहादुर बुढाथोकी हो । घर ओखलढुंगामा पर्छ । म सन् २००७ मा साउदी गएको थिए ।
घरमा धेरै ऋण थियो । आम्दानीको श्रोत थिएन । बुबाआमा दुबै जना बिरामी भएकाले उपचार गर्ने खर्चसमेत थिएन । विवाहित भएकाले जिम्मेवारी पनि थपिएको थियो । विदेश नगई नेपालमा बसेर परिवार पाल्ने बिकल्प नै थिएन् ।
बुबाआमाको उपचार गर्छु, घरपरिवारलाई सुख दिन्छु, भएको सबै ऋण तिर्छु भनेर मैले विदेश जाने निर्णय लिएँ । विदेश जानको लागि सयकडा ३ मा ऋण लिएँ ।
पुस २४, काठमाडौं । सरकारले दक्षिण कोरिया रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा उत्तीर्ण
काठमाडौँ, पुस १३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)
२०८२ पुस ९, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी
२४ मंसिर, काठमाडौं ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बुद्धिमत्ता (एआई) उद्योग सम्बन्धी नियमन केन्द्रमै राख्नुपर्ने
कात्तिक कार्तिक १४, काठमाडौं । मलेसिया लाभासीका श्रमिक पठाउने देश वैदेशिक व्यापार व्यवसाय कम्पनीका लागि
कात्तिक २, काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले हालको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार