चरम बेरोजगारीका कारण वर्षेनी लाखैँ नेपाली युवाहरू खाडीलगायतका देशमा श्रम बेच्न बाध्य हुन्छन् । मीठो सपना देखेर साहुको ऋण उठाएर गएका उनीहरूले भोक प्यास नभनि तातो गर्मीमा काम गर्न बाध्य हुन्छन् । ओठमुख सुकाएर काम गर्दा पनि जाँदा लागेको ऋणसमेत तिर्न सक्दैनन् ।
विदेशमा बसेर काम गर्दागर्दै कतिपय नेपालीले बीना कसुर जेल सजाय भोग्नु समेत परेको हुन्छ । त्यसको उदाहरण हुन भर्खरै साउदी जेलबाट छुटेर फर्किएका १० जना नेपाली ।
जेल सजाए भोगेका ती १० जनालाई नेपाल सरकारले अघिल्लो साता फिर्ता ल्याएको थियो । जेल छुटेर नेपाल आएपछि उनीहरुले प्रधानमन्त्रीसँग भेटेर जीवनरक्षाको राहत मागेका थिए । उनीहरु १० मध्य वीरबहादुर बुढाथोकी, भिमप्रसाद चिमोरिया र रामबहादुर तामाङलले साउदी जेलको यातनाको बारेमा वर्णण गरेका छन् । उनीहरुले गरेको कुराकानीको सम्पादित अंश–
मेरो नाम वीरबहादुर बुढाथोकी हो । घर ओखलढुंगामा पर्छ । म सन् २००७ मा साउदी गएको थिए ।
घरमा धेरै ऋण थियो । आम्दानीको श्रोत थिएन । बुबाआमा दुबै जना बिरामी भएकाले उपचार गर्ने खर्चसमेत थिएन । विवाहित भएकाले जिम्मेवारी पनि थपिएको थियो । विदेश नगई नेपालमा बसेर परिवार पाल्ने बिकल्प नै थिएन् ।
बुबाआमाको उपचार गर्छु, घरपरिवारलाई सुख दिन्छु, भएको सबै ऋण तिर्छु भनेर मैले विदेश जाने निर्णय लिएँ । विदेश जानको लागि सयकडा ३ मा ऋण लिएँ ।
काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले
१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
शुक्रबार, फागुन १, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौं आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा
काठमाडौं, माघ २९ निर्वाचन आयोगले प्रत्यक्ष निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूलाई आगामी फागुन ३ गतेभित्र आफ्नो निर्वाचन
माघ २० , काठमाडौं। नेपालमा व्यक्तिगत डाटा संरक्षणसम्बन्धी स्पष्ट कानुन र प्रभावकारी नियमन नहुँदा डाटा