अमेरिकी अदालतमा ट्रम्पको विवादास्पद आदेशबारे आतंक

Donald-Trump-US-President-1-768x487

 

२६ माघ, काठमाडौं । अमेरिकी पुनरावेदन अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पको विवादास्पद आप्रवासन प्रतिवन्धको बचाउ गर्ने र त्यसलाई चुनौति दिने दुवै पक्षलाई कडा प्रश्नहरु सोधेको छ ।

सबै शरणार्थी तथा सात मुस्लिम देशका नागरिकलाई अमेरिका आउन लगाइएको प्रतिवन्धलाई अघिल्लो हप्ता अदालतले तत्कालिन रुपमा खारेज गरिदिएको थियो ।

तीन न्यायाधीशको इजलासले राष्ट्रपतिको सामर्थ्यलाई सीमित गर्ने तथा सात देशलाई आतंकवादसँग जोड्ने प्रमाणहरुलाई लिएर थुप्रै सवाल तेस्र्याएको हो । अदालतले सोधेको छ, के यो निर्णयलाई मुस्लिमविरोधी मान्न सकिँदैन ?

अर्को हप्ता सन फ्रान्सिस्कोको सर्किट कोर्टका तर्फबाट यसमाथि कुनै फैसला आउन सक्ने आशा गरिएको छ ।

फैसला जे आए तापनि यस मुद्दाको किनारा सर्वोच्च अदालतले नै लगाउने विश्वास गरिएको छ ।

मंगलबार दुवै तर्फबाट एक घन्टासम्म बहस भएको थियो । यो मुद्दामा अमेरिकी न्याय मन्त्रालय पनि सहभागी छ र उसले ट्रम्पको प्रतिवन्ध आदेशलाई पुनस्र्थापित गर्नुपर्ने अपिल गरेको छ ।

सरकारतर्फका वकिल अगस्ट फ्लेत्जेले आफ्नो देशमा को आउने र को नआउने भनेर नियन्त्रण गर्ने अधिकार राष्ट्रपतिसँग रहेको जिकिर गरे ।

उनलाई सोधियो कि ती सात देशहरुबाट अहिले अमेरिकालाई कस्तो खतरा छ । यसमा फ्लेत्जेको जवाफ थियो, ‘अमेरिकामा कयौं सोमालियालीहरुको सम्वन्ध अल शबाब ग्रुपसँग छ ।’

त्यसपश्चात वाशिङटन प्रान्तका एक वकिलले ट्रम्पको कार्यकारी आदेशबाट अमेरिकी सरकारलाई केही नोक्सानी नहुने दाबी गरे । सोलिसिटर जनरल नोआह पर्सेलले राष्ट्रपतिको प्रतिवन्धबाट उनको प्रान्तका हजारौं निवासी प्रभावित हुने बताए । उनले भने, ‘जो छात्रहरु वासिंटन आउने कोशिश गरिरहेका छन्, उनीहरुले बेमतलबको ढिलाई व्यहोर्नुपर्नेछ । यसका साथै अन्य मानिसहरु आफ्नो परिवारलाई भेट्न अमेरिका छोडेर जान सक्ने छैनन् ।’

सुनवाईको अन्तिम क्षणमा यदि यो प्रतिवन्ध मुस्लिमलाई रोक्नका लागि हो भने असंवैधानिक हुनेछ भन्ने विषयमा बहस भयो । न्यायाधीश रिचर्ड क्लिफ्टनले दुवै पक्षलाई सोधे कि के यसबाट संसारका केवल १५ प्रतिशत मुसलमान प्रभावित हुनेछन् ?

सोमबार राति अमेरिकी न्याय मन्त्रालयका तर्फबाट जारी १५ पन्नाको एउटा दस्तावेजमा ट्रम्पको आदेश निष्पक्ष रहेको र कुनै धर्मविशेषसँग यसको सम्वन्ध नरहेको दावी गरिएको थियो । तर मंगलबार अदालतमा पर्सेलले चुनावी अभियानका दौरान ट्रम्पले दिएको अभिव्यक्तिको हवाला दिए ।

त्यतिबेला ट्रम्पले गैरअमेरिकी मुस्लिमहरुमाथि अस्थायी रुपमा प्रतिवन्ध लगाउने कुरा गरेका थिए । पर्सेलले ट्रम्पका सल्लाहकार रुडी जुलियानीको अभिव्यक्ति पनि उल्लेख गरे । जुलियानीले भनेका थिए कि उनले मुस्लिमहरुलाई अमेरिकामा काम गर्न कानूनी प्रतिवन्ध लगाउन भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

‘जेनजीका नाममा भएका घटनाको सम्बवन्धमा ओलीकाे अन्तर्राष्ट्रिय मिडियालाइ िदएकाे ताजा अन्तर्वार्ताकाे सार यस्ताे छ’

“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम”   पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष

रास्वपाको केन्द्रीय समिति विस्तारप्रति असन्तुष्टि, बालेनको कोटाबाट आएका नामबारे आन्तरिक आलोचना

काठमाडौं, पुस २५ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एकै दिन ३३ जना नयाँ केन्द्रीय सदस्य

इपीएस परीक्षा पास गरेका उम्मेदवारको पक्षमा श्रम मन्त्रालयका तीन निर्णय

पुस २४, काठमाडौं । सरकारले दक्षिण कोरिया रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा उत्तीर्ण