‘नामर्द’ले निम्त्याएको यौन अपराध

२६ माघ, काठमाडौं । ‘म कक्षा १० मा पढ्छु । केटी ६ कक्षामा पढछिन् । स्कुल जाँदा आउँदा उनले मलाई सधै ‘नामर्द’ भनेर जिस्काउन थालिन् । मलाई किन नामर्द भनेको हो थाहा छैन । तर, मलाई उनको यो जिस्काइले भित्रभित्रै पोलिरहन्थ्यो । त्यसैले, एक दिन मैले आफू ‘मर्द’ भएको पहिचान दिने निर्णय गरे ।’
rep

एक किशोरीमाथि बलात्कार गर्ने किशोरले प्रहरीमा दिएको यो बयान यतिबेला जिल्ला प्रहरी कार्यालयमा चर्चाको विषय बनेको छ । एउटै स्कुलमा अध्ययनरत छात्राले छात्रलाई सधैं नामर्द भनेर जिस्काउने गरेपछि त्यसको परिणाम अन्ततः बलात्कारमा पुगेर टुंगियो । केटा अहिले प्रहरी खोरमा छन् भने केटी पुनःस्थापना केन्द्रमा ।

प्रहरीका अनुसार दुवै एउटै विद्यालयका विद्यार्थी हुन् । भूकम्पले दुवैको घर ढल्यो । गाउँमा बस्न नसक्ने भएपछि उनीहरू सपरिवार थातथलो छाडेर सदरमुकाम नजिकको विद्यालयमा भर्ना भए । पीडित ‘सेलाङ क’ (प्रहरीले राखेको नाम) को उमेर १७ वर्ष भयो । उनी १० कक्षामा अध्ययनरत छिन् । पीडक १५ वर्षका मात्र छन् । उनी ६ कक्षामा अध्ययनरत छात्र हुन् । आजको राजधानी दैनिकमा समाचार छ ।

घटना एक महिनाअघिको हो । १० कक्षामा अध्ययनरत छात्राले ६ कक्षामा पढ्ने केटालाई सधैं नामर्द भनेर जिस्काउने गरेपछि २९ पुसकोे दिउँसो ३ बजे विद्यालयबाट फर्कंदै गर्दा पीडित छात्र गौंडा ढुकेर बसिरहेका थिए । छात्रा एक्लै आएपछि उनले जबर्जस्ती समातेर बीचजंगलमा रहेको खोल्सामा लगेर जबर्जस्ती बलात्कार गरे ।

घटनापछि फरार ती छात्रलाई प्रहरीले १० माघमा पक्राउ ग-यो । ‘नामर्द भनेर जिस्काएपछि मैले मर्दको परिचय दिएँ,’ पीडक छात्रको भनाइ उद्धृत गर्दै प्रहरी निरीक्षक केदार बस्नेतले भने । उनका अनुसार केटीले जिस्काएकै कारण बलात्कारको घटना भएको हो । प्रहरीले सबै अनुसन्धान पूरा गरेर उनलाई अदालत बुझाउने तयारी गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल