४८ घण्टामा फेला पर्यो चोरेको बच्चा, ‘ नक्कली सुत्केरी खान’ माइत पुगिन् -बच्चा चोर्ने महिला

 प्रहरी भन्छ-बच्चा चोर्ने महिला सुत्केरीजस्तै भएर बसेकी थिइन्
२३ माघ, पर्सा । बेल्वा गाविस वडा नं-९ निवासी बिन्देश्वर कानूका घरमा शुक्रबार दिउँसो हस्याङ-फस्याङ गर्दै २२ वर्षकी तरुनी छोरी लालसादेवीको प्रवेश भयो । उनका साथमा नवजात शिशु पनि थियो ।new-born-baby-768x432

पाँच वर्षअघि जिल्लाकै भिस्वामा बिहे गरेर पठाएकी छोरी यसरी बच्चो च्यापेर माइतीघर पुग्दा सबैले ठाने, छोरी सुत्केरी भइछे !

छोरो जन्माएर सुत्केरी खान माइत आएकी लालसादेवीको स्याहार सुसारमा कानूको परिवार सक्रिय भयो । छिमेकीले पनि सोध्नै परेन । बच्चाको च्यार-च्यार रुवाइले नै भनिरहेको थियो कि लालसादेवी सुत्केरी भइछे ।

तर, कानू परिवारको यो हर्ष ४८ घण्टापछि सेलायो, जतिखेर प्रहरीले लालसादेवी नक्कली सुत्केरी अर्थात ‘बच्चा चोर’ भएको खुलासा गरिदियो । वीरगञ्ज अस्पतालबाट बच्चा हराएको समाचार सुलहजसरी देशभरि फैलिइसकेको थियो ।

बिहे भएको ५ वर्ष पुग्दा पनि आफ्नो तर्फबाट छोरा-छोरीको जायजन्म नभएका कारण लालसादेवी चिन्तित थिइन् । यो चिन्ता हटाउन उनले कसैको नवजात शिशु चोर्ने विचार गरिन् ।

तर, बच्चा चोर्ने कसरी ? उनले विचार गरिन् कि वीरगञ्जमा रहेको प्रसुतीगृहमा जाने र सुत्केरी गराइरहेको ठाउँबाटै बच्चा उठाउने ।

शुक्रबार वीरगञ्जबाट बच्चा चोर्न सफल भएकी लालसादेवीले प्रहरीलाई दिएको वयानमा भनेकी छिन्- ‘एक महिनादेखि बारम्बार बच्चा चोर्ने प्रयास गरिरहेकी थिएँ, तर शुक्रबार मात्रै सफल भएँ ।’

वीरगञ्ज उपमहानगरपालिका-१ छपकैयाकी आशादेवी पासवान र मुकेश पासवानको नवजात छोरो लालसादेवीले अस्पतालको शय्याबाटै शुक्रबार दिउँसो चोरिन् ।

अस्पतालबाट शिशु हराएपछि चिन्तित पासवान परिवारBachha-chori-768x460

भर्खरै जन्मिएको शिशुलाई हेरचाह गर्ने नर्स र आफन्तहरु यताउति लागेको मौका पारेर उनले शिशु चोरेकी थिइन् । चोरी भएको शिशु आइतबार दिउँसोसम्म माइतीघरमा लुकाएर राख्न उनी सफल भइन् । तर, प्रहरीले आइतबार शिशु फेला पार्‍यो र उनलाई पक्राउ गर्‍यो ।

बच्चा लिएर भिस्वास्थित घरमा गएको भए मानिसहरुले शंका गर्ने लालसादेवीलाई डर थियो । त्यसैले, उनले जुक्ति निकालिन् बच्चा बोकेर माइत जाने र भन्ने कि म सुत्केरी भएर माइत आएकी हुँ ।

यही जुक्ति लगाएर उनी अस्पतालबाट सिधै माइतिघर पुगिन् ।

वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालबाट चोरी भएका नवजात शिशु ४८ घण्टाभित्रै सकुशल फेला पार्न प्रहरी सफल भएको छ ।

बच्चा चोर्ने महिला लालसादेवीले आफूबाट जायजन्म नभएको र सन्तानको चाहना ज्यादै नै भएकाले यसरी बच्चा चोरेको प्रहरीलाई वयान दिएकी छिन् । प्रहरीले लालसादेवीलाई पक्राउ गरेको छ ।

प्रहरीले बच्चा आफन्तलाई जिम्मा लगाएको छ । अहिले बच्चालाई अस्पतालको सघन उपचार कक्षमा राखिएको छ । बच्चाको स्थिति सामान्य नै रहेको प्रहरीको भनाइ छ ।

बच्चाको खोजीमा लागेर आइतबार दिउँसो ३ बजेमात्रै भात खाने मौका पाएका पर्साका एसपी गोविन्दकुमार शाहले अनलाइनखबरसँग भने- ‘हामी पुग्दा लालसादेवी माइतीघरमा बकाइदा सुत्केरीजस्तै बनेर बसिरहेकी थिइन् ।’

सन्तान जन्माउने रहर कसलाई हुँदैन । लालसादेवीलाई पनि यस्तै लालसा जाग्यो । तर, उनले सन्तान नजन्मिनुको कारण खोजी गर्न डाक्टरसँग परामर्श लिनुको साटो जघन्य अपराधको बाटो रोजिन् ।

यो घटनामा उनको व्यक्तिगत संलग्नतामात्रै छ या अन्यको पनि संलग्नता छ भन्नेबारे अनुसन्धान भइरहेको एसपी शाहले अनलाइनखबरलाई बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

गगन थापाको बालेन शाहप्रति कटाक्ष: “कसैलाई घोक्राएर सडक समयमा बन्दैन”

फागुन ८, काठमाडौं । गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहप्रति कटाक्ष गर्दै