२२ माघ, काठमाडौं । नेपाल टेलिकमले आज देखि जीएसएम प्रिपेड ग्राहकलाई पनि फोर-जी सेवा दिने भएको छ । पोष्टपेडमा फोर-जी दर्ता गर्ने ग्राहकको संख्या बढ्दै गर्दा टेलिकमले फोर-जी सेवा दिन लागेको हो । काठमाडौं र पोखराका प्रिपेड ग्राहकलाई मात्र यो सेवा उपलब्ध हुनेछ ।
गत पुस १७ गतदेखि टेलिकमले काठमाडौं र पोखराका पोष्टपेड ग्राहकलाई फोर-जी सेवा दिन सुरु गरेको थियो । अब टेलिकमको वाषिर्क उत्सवका अवसर पारेर फोरजीको प्रिपेडमार्फत ब्यवसासयिक लञ्चिङ गर्न लागिएको हो ।
‘भोलिबाटै फोर-जी सेवा पिप्रेड मोबाइलमा पनि विस्तार गर्ने अन्तिम तयारीमा छौं’ टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले भनिन्, ‘यसपछि हामी अन्य जिल्लामा यो सेवा विस्तार गर्न केन्द्रित हुनेछौं ।’ यसका लागि टेण्डर गर्ने प्रक्रिया सुरु भइसकेको टेलिकमले जनाएको छ ।
टेलिकमले ३९ करेाड रुपैयाँ बराबर खर्चिएर फोर-जी सेवा प्रारम्भ गरेको थियो । काठमाडौंमा फोर-जीका लागि काठमाडौंमा ३ सय ८ वटा बिटीएस टावरलाई अपग्रेड गरिएको छ भने पोखरामा ७९ वटा टावरको स्तरोन्नति गरिएको थियो। पोखराको लेकसाइड र न्युरोड क्षत्रेमा मात्रै अहिले फोर-जी नेटवर्क उपलब्ध छ ।
१८०० मेगाहर्ज ब्याण्डमा कम्पनीले प्रयोग गरेको १५ मेगाहर्जको ब्याण्डविथलाई रिफर्मिङ गरी ५ मेगाहर्जलाई फोर जीका लागि र १० मेगाहर्ज जिएसएमका लागि प्रयोग गरिएको छ ।
यसअनुसर फोर-जीले अधिकतम् ३२.४ एमबीपीएस गतिको डाटा उपलब्ध गराउँछ । यसलाई १०० एमबीपीएस बनाउन टेलिकमले ५ मेगाहर्ज ब्याण्डविथ थप गर्ने तयारी गरेको छ ।
आइफोन-सिक्स र सेभेन सिरिज लगायतका केही सेटमा फोर-जी सपोर्ट नगरेपनि फोरजी सेवा लिनको संख्या दैनिक रुपमा बढिरहेको छ ।
यसैबीच टेलिकमले कुनै समयमा निकै चर्चित रहेको कल रिङ ब्याक टोन (सिआरबिटी)सेवा पनि फेरि सुचारु गर्ने भएको छ । केही समयअघिदेखि यो सेवा बन्द थियो । अब भाेलिबाटै यो सेवा पनि सुरु हुनेछ ।
टेलिकमले वार्षिक उत्सवको अवसर पारेर आफ्ना ग्राहकका लागि विभिन्न छुट तथा आकर्षक योजनाको घोषणा पनि शनिबार नै गर्नेछ ।
पेरिस, पुस १२ गते । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली
मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका