१३० श्रीमती तथा २०३ बच्चा भएका पुरुषले संसार छाडे

पूरै एउटा गाउँ नै बसाउन मिल्ने संख्यामा श्रीमती तथा बच्चाबच्ची बनाएर कीर्तिमान कायम गरेका नाइजेरियाका मौलवी मुहम्मद बेलो अबुबकरको ९३ वर्षको उमेरमा निधन भएको छ ।130ko-bau-768x441

आफ्नो जिवनकालमा १ सय ३० जना महिलासँग बिहे गरेका अबुबकरका कुल २ सय ३ जना बच्चाबच्ची जन्मिएका थिए ।

बढी भन्दा बढी बिहे गर्नु आफ्नो जिवनको पवित्र मिसन रहेको र सोही कामका लागि आफू दुनियाामा आएको बताउने अबुबकर पछिल्लो समय थला परेका थिए र बिमारी अवस्थामा आफ्नै घरमा उनको मृत्यु भएको हो ।

ती कीर्तिमानी पुरुषको अन्त्येष्टिमा ठूलो संख्यामा मानिसहरु सामेल भएका थिए । उनी कुरानको आफुखुसी तथा विवादित व्याख्या गरेर समेत चर्चामा आएका थिए । कुनैपनि पुरुषले आफुले जति चाह्यो उति बिहे गर्नसक्ने भनी कुरानमा लेखिएको उनको जिकिर हुने गर्दथ्यो । उनका अनुसार पुरुषले कुनै दुखदर्द विना जतिवटी श्रीमतीलाई सम्हाल्न सक्छ उति बिहे गर्ने हक राख्दछ ।

सन् २००८ मा मुस्लिम धर्मगुरुहरुले उनको तिव्र आलोचना गरी ऊबेलासम्मका उनका ८४ श्रीमतीमध्ये ८० श्रीमतीलाई तलाक दिन माग गरेका थिए । तर त्यसको जवाफमा उनले बिहे गर्नु आफ्नो पवित्र उद्धेश्य तथा मिसन रहेको बताएका थिए ।

उनले कुल १३० महिलासँग बिहे गरे । उनका केही श्रीमतीहरु ऋहिलेपनि गर्भवती रहेको बताइन्छ जबकी उनले २०३ जना बच्चा पहिले नै जन्माइसकेका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

गगन थापाको बालेन शाहप्रति कटाक्ष: “कसैलाई घोक्राएर सडक समयमा बन्दैन”

फागुन ८, काठमाडौं । गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहप्रति कटाक्ष गर्दै

शुभेच्छुकको भीड छिचोल्दै पूर्वराजा शाह विमानस्थलबाट निर्मल निवासतर्फ

शुक्रबार, फागुन १,  काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौं आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा