एकैपटक १० परमामाणु हतियार हान्न सक्ने क्षेप्यास्त्रको परिक्षण गर्यो चाइनाले

चाइनाले एकै चोटीमा १० वटा परमाणु हतियारको मार हान्न सक्ने क्षेप्यास्त्रको सफल परिक्षण गरेको छ। एकै चोटी १० वटा फरक फरक निसाना लगाउन सक्ने उक्त मिसाइलले १० वटा परमाणु बमलाइ खसाउन सक्ने क्षमता भएको बताइएको छ।timthumb

पछिल्लो चोटी चाइना र अमेरिका बिच देखिएको मतभेदका बिच चाइनाले उक्त क्षेप्यास्त्रको परिक्षण गरेको हो। डी एफ ५ सी नाम दिइएको उक्त क्षेप्यास्त्र चिनको सान्सी प्रान्तको ताइयुएनमा परिक्षण गरिएको बताइएको छ। उक्त हतियार चिनको सेनाले ८० को दशकमा प्रयोग गरेको सि एफ ५ को नयाँ स्वरुप भएको बताइएकोे छ।

गएको वर्ष चाइनाले सुरु गरेको सी एफ ५ क्षेप्यास्त्रलाई नयाँ स्वरुप दिने घोषणा गरेलगत्तै अमेरिकाले दुइ देशको सम्वन्ध बिग्रन सक्ने चेतावनी दिइसकेको थियो।

अमेरिकाका नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण सागरको बिषयलाई लिएर बिवाद हुन सक्ने बिषय उठाएलगत्तै चिनले परिक्षाण गरेको हो। तर चिनको पिपुल्स लिवरेसन आर्मिले भने उक्त क्षेप्यास्त्र परिक्षण अमेरिकाकासँग सम्वन्धित नरहेको बताएको छ।

अमेरिकाले भने उक्त परिक्षणसँग अमेरिका जानकार रहेको र चिनको परमाणु भण्डारमा करिव २ सय ५० परमाणु हतियार रहेको जनाएको छ। ‘चिनले लामो दुरीको हतियार निमार्णलाई प्राथमिकता दिइरहेको हामी जानकार छौँ। र अहिले चाइनाले गरेको क्षेप्यास्त्रको पारदर्शिताका बारेमा भने हामीलाइ चिन्ता लागेको छ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष

इपीएस परीक्षा पास गरेका उम्मेदवारको पक्षमा श्रम मन्त्रालयका तीन निर्णय

पुस २४, काठमाडौं । सरकारले दक्षिण कोरिया रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा उत्तीर्ण

अण्डाको मूल्य घट्यो

चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग