माघ, १३ काठमाडौँ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पबाट अतिप्रभावित १४ जिल्लामा निजी आवास निर्माणका लागि अनुदान वितरण गर्न आज दोस्रो किस्ताबापत ११ अर्ब ७५ करोड ५० लाखको अख्तियारी दिएको छ ।
प्राधिकरणबाट भूकम्पपीडितलाई दोस्रो किस्ताबापतको अनुदान वितरण गर्न सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, केन्द्रीय आयोजना कार्यान्वयन इकाई र भूकम्पीय आवास पुनःनिर्माण आयोजनालाई उक्त अख्तियारी दिइएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्रा डा गोविन्दराज पोखरेलले बताए ।
प्राधिकरणको बुधबार बसेको बैठकले दोस्रो किस्ता वितरणका लागि अख्तियारी दिने निर्णय गरेको थियो । पहिलो किस्ता पाइसकेर आधारभूत तहको निर्माण कार्य सम्पन्न गरिसकेका लाभग्राहीलाई दोस्रो किस्ताको अनुदान रकम वितरण गरिने पोखरेलले बताए ।
तत्कालका लागि दोस्रो किस्ताका रुपमा एक लाख ५० हजार भूकम्पपीडितलाई वितरण गरिनेछ । हालसम्म पहिचान भएका कुल लाभग्राहीको सङ्ख्या छ लाख २६ हजार ३६ छ । रासस
काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल