काठमाडौं, १२ माघ । संसद्को राज्य व्यवस्था समितिका सभापति दिलबहादुर घर्तीले निर्वाचनसँग सम्बन्धित दुई विधेयक मंगलबारको संसद् बैठकमा पेस गरेका छन् । उनले मतदाता नामावली विधेयक र निर्वाचन आयोग विधेयक संसद्मा पेस गरेका हुन् । अझै समितिमा राजनीतिक दल, स्थानीय तह निर्वाचन, निर्वाचन कसुरसम्बन्धी तीनवटा विधेयक दफावार छलफलको क्रममा छ ।
मंगलबार पेस भएका दुवै विधेयकलाई संसद्ले सम्भवतः बुधबार नै पारित गर्ने सम्भावना बढेको छ । विधेयकमाथि नेमकिपाको मात्र फरक मत रहेका कारण पनि यी दुई विधेयक पारित हुने सम्भावना बढेको हो । संसद् बैठक बुधबार २ बजे बस्दै छ ।
संसदमा सांसदहरूले तत्काल स्थानीय निर्वाचनको मिति घोषणा गर्न माग गरेका छन् । मंगलबारको संसद् बैठकको शून्य समयमा बोलेका सांसदहरूले स्थानीय तह पुनर्संरचना आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाइसकेको र संविधानअनुसार पनि निर्वाचन गर्नुपर्ने बाध्यात्मक समयको चापमा रहेको भन्दै निर्वाचन मिति घोषणाको माग गरेका हुन् ।
सांसद अफिलाल ओखेडा, आशा घिमिरे, आशा कोइरालालगायतले तत्काल स्थानीय चुनावको मिति घोषणा गर्न सरकारको ध्यानाकर्षण गराएका थिए । निर्वाचन लोकतन्त्रको आधारस्तम्भको रूपमा रहेको भन्दै उनीहरूले जतिसक्दो छिटो मिति घोषणा गर्न माग गरेका हुन् । नयाँ पत्रिका दैनिकमा खबर छ ।
काठमाडौं, फागुन २७ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति
काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न
फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र
काठमाडौं, फागुन १७ — केपी शर्मा ओलीले मतदातालाई देशको पक्षमा स्पष्ट निर्णय लिन आग्रह गरेका