काठमाडौं, १८ माघ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेता राजेन्द्र महतोले संविधान संशोधन नगरीकन चुनावको मिति घोषणा गरे सरकारसँगको सम्बन्धविच्छेद गर्ने र आन्दोलनमा जाने चेतावनी दिएका छन्
मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भने, ‘संविधान संशोधन नभई चुनावको मिति घोषणा गरे, हामी कुनै हालतमा मान्दैनौं, प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिएर आन्दोलनमा जान्छौं, सरकारसँग सम्बन्धविच्छेद गर्छौं ।’ महतोले जनताका मागहरु पूरा नगरीकन जबरजस्ती चुनाव गर्न खोजिए त्यो कदापि हुन नदिने चेतावनी दिए । ‘अब नो लटरपटर, पहिला परिमार्जनसहित संशोधन पास हुनुपर्छ, उनले थपे।’
स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन कुनै हालतमा पनि मान्य नभएको उनले बताए
महतोले संविधान संशोधनमार्फत जनताका अधिकार स्थापित गर्ने कुरामा एमालेले धेरै बेईमानी गरिरहेको आरोप समेत लगाए । उनले एमालेले धेरै बेईमानी गरेको र त्यसको हिसाबकिताब जनताले दिने भन्दै त्यसैको तयारी स्वरुप अहिले एमालेमुक्त मधेश बनाउने कुरा पनि भैरहेको जानकारी दिए । महतोले संविधान कार्यान्वयनको लागि निर्वाचन गर्नुपर्छ भनेर एमालेले ढोल पिटिरहेको गुनासो समेत पोखे ।
काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले
१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
शुक्रबार, फागुन १, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौं आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा
काठमाडौं, माघ २९ निर्वाचन आयोगले प्रत्यक्ष निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूलाई आगामी फागुन ३ गतेभित्र आफ्नो निर्वाचन
माघ २० , काठमाडौं। नेपालमा व्यक्तिगत डाटा संरक्षणसम्बन्धी स्पष्ट कानुन र प्रभावकारी नियमन नहुँदा डाटा