काठमाडौं, १६ माघ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कार्यकारी आदेश जारी गर्दै सातवटा मुस्लिम बहुल मुलुकका नागरिकहरुलाई अमेरिका प्रवेशमा रोक लगाएपछि इन्टरनेट सर्च कम्पनी गुगलले चिन्ता व्यक्त गरेको छ ।
ट्रम्पको आदेशबाट आफूहरु चिन्तित भएको र त्यसले अत्यन्त प्रतिभाशालीहरलाई पनि अमेरिका प्रवेश गर्न रोक्ने गुगलको बुझाई रहेको बीबीसीले जनाएको छ । ट्रम्पको आदेशसँगै गुगगले हाल विदेश भ्रमणमा रहेका आफ्ना कर्मचारीलाई फिर्ता बोलाएको छ । कार्यकारी आदेशमा सिरियाली शरणार्थीहरुलाई अर्को सूचना नआएसम्म प्रतिबन्ध लगाइएको हो ।
ट्रम्पको आदेशलगत्तै फेसबुक संस्थापक मार्क जकरबर्गले लामो नोट पोष्ट गर्दै आफुसहित थुप्रै अमेरिकीहरु आप्रवासीका सन्तान, दरसन्तान भएको उल्लेख गरेका छन् र राष्ट्रपतिको कार्यकारी आदेशप्रति गम्भीर चिन्ता व्यक्त गरेका छ्न् ।
ट्रम्पको नयाँ आदेशसँगै अमेरिकामा इरान र इराक सहित ६ देशका नागरिकलाई आगामी तीन महिनासम्म प्रवेशाज्ञा दिइनेछैन । राष्ट्रपति ट्रम्पको आदेशले इरान, इराक, सिरिया, यमन, सुडान, सोमालिया र लिबियाका हजारौं नागरिकलाई अमेरिका जाने उडानहरुमा अनुमति नदिइन सक्छ।
नयाँ बन्देजले विश्वभरबाट एच वान-बि प्रवेशाज्ञामा कर्मचारी भर्ना गर्ने प्रविधि सम्बन्धी कम्पनीहरुमाथि ठूलो असर पार्ने बताइएको छ । अमेरिकामा काम गर्ने स्वीकृति पाएका ग्रीन कार्ड भएकाहरुलाई पनि उडानमा जान नदिइएका खबरहरु सार्वजनिक भइसकेपछि त्यस्ता कम्पनीहरु प्रभावित हुने निश्चित भएको हो । यद्यपि, ट्रम्पको कार्यकारी आदेशमा ग्रीन कार्डको उल्लेख गरिएको छैन ।
कार्यकारी आदेशमा ट्रम्पकै शब्दमा ‘अतिवादी इस्लामिक आतंकवादीहरुलाई अमेरिका प्रवेश गर्नमा रोक लगाउनेछ’ भनिएको छ । तर अधिकारवादी समूहहरुले अमेरिकामा रहेका सिरियाली शरणार्थी र आतंकवादीबीच सम्बन्ध नरहेको बताएका छन् ।
बीबीसीमा प्रकाशित एक खबरमा राष्ट्रपतिले केही मुश्लिमहरुलाई रोक्न खोजे पनि त्यसले अमेरिकाको असाध्यै महत्वपूर्ण र नाफामूलक क्षेत्र प्रविधिमा ठूलो क्षति पुग्न सक्ने उल्लेख गरिएको छ । उक्त कार्यकारी आदेश विरुद्ध अमेरिकाका प्राध्यापकहरुले शुरु गरेको हस्ताक्षर अभियानमा ११ जना नोबेल पुरस्कार विजेताहरुले हस्ताक्षर गरिसकेका छन् ।
काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले
१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
शुक्रबार, फागुन १, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौं आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा
काठमाडौं, माघ २९ निर्वाचन आयोगले प्रत्यक्ष निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूलाई आगामी फागुन ३ गतेभित्र आफ्नो निर्वाचन
माघ २० , काठमाडौं। नेपालमा व्यक्तिगत डाटा संरक्षणसम्बन्धी स्पष्ट कानुन र प्रभावकारी नियमन नहुँदा डाटा