September 2, 2016

सिंहदरबार भित्रै तास खेल्नेलार्इ कारबाही गर्न प्रधानमन्त्रीकाे निर्देशन


images१७ भदाै, काठमाडौँ ।
 प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यालय समयमा सिंहदरबारमा तास खेल्ने कर्मचारीलाई कारबाही गर्न निर्देशन दिएका छन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले विज्ञप्ति सार्वजनिक गर्दै तत्काल छानबिन गरी संलग्नलाई कानुनबमोजिम कारबाही गर्न निर्देशन दिएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार कार्यालय समयमा कर्मचारीले तास खेल्दै गरेकाे समाचार सार्वजनिक भएपछि  प्रधानमन्त्री दाहालले  संलग्नलाई कारबाही गर्न समेत निर्देशन दिएका हुन् ।

विज्ञप्तिमा तत्काल छानबिन गरी संलग्नलाई कानुनबमोजिम कारबाही गर्न भनिएकाे छ ।  विज्ञप्तिमा भनिएको छ, ‘उक्त कार्य यस कार्यालयमा नभएको र यस विषयमा सत्य तथ्य बुझी कार्यालयभित्र अनुशासन आचरण विपरित कार्यमा संलग्न भएका कर्मचारीलाई कानुन बमोजिम कारबाही गरी सोको जानकारी दिन सम्बन्धित मन्त्रालयलाई दिर्नेशन दिइएको ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो विज्ञप्ति प्रकाशित गरिएको छ ।’

त्यस्तै, प्रधानमन्त्री प्रचण्डले आफू १० बजे नै सिंहदरबार पुगेर जनताको काम काम गर्ने बताउदै सबै कर्मचारीलाई समयमा उपस्थित भएर जनतको काम गर्न र कुनै पनि गलत काम नगर्न निर्देशन दिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

देखासिखी संस्कृतिलाई कडा कानुन बनाएर नियन्त्रण गर्न जरुरी

  अधिवक्ता: तारा निधि पन्त सरलता, आध्यात्मिकता र सामुदायिक भावनामा आधारित रहेको नेपाली संस्कृति आज

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त