उदयपुर, १७ भदौ । उदयपुरमा भाइरल ज्वरोको प्रकोप दिनानुदिन बढ्दै गएकाे छ । उदयपुरको मध्य तराईलगायत त्रियुगा नगरपालिका क्षेत्रमा भाइरल ज्वरोको प्रकोप दिनानुदिन बढ्दै गएपछि धेरै स्थानीय बासिन्दा भाइरलबाट प्रभावित हुन थालेका छन् ।
भाइरलको बिरामीको सङ्ख्या बढ्दै गएपछि अहिले जिल्ला अस्पताल उदयपुरमा बिरामीको खचाखच हुन थालेको अस्पतालका चिकित्सक बताउँछन् । पचास शय्या क्षमताको अस्पताल रहेको जिल्ला अस्पतालमा अहिले अस्पतालको सबै सिट तथा शय्या भाइरलको बिरामीले भर्न थालेपछि अन्य बिरामीलाई शय्यामा राखेर उपचार गर्न अभाव हुन थालेको जिल्ला अस्पताल उदयपुरका मेडिकल सुपरिटेन्डेन्ट डा विशाल देवले बताए ।
जिल्लाको पूर्वी क्षेत्रको हँडियाँ, सुन्दरपुर, जोगिदह, त्रियुगा नगरपालिका, साउने, खाँबु, मुर्कुचीलगायत लालपता क्षेत्रका विद्यालय जाने विद्यार्थीदेखि माथिल्लो उमेरका सबैलाई भाइरलले प्रभावित पार्न थालेको स्थानीयवासीले बताएका छन् ।
सुरुमा रुघाखोकी लाख्ने, ज्वरो आउने, नाकबाट पानी आउने र टाउको दुख्नेजस्ता लक्षणबाट बिरामी प्रभावित हुने गरेको त्रियुगा नगरपालिका–७ मोतिगडाका लोकनाथ खतिवडाले बताउनुभयो । भाइरल फैलिनुमा वर्षाको कारण बाढी तथा फोहोर र प्रदूषित पानी, विभिन्न फोहोर दुर्गन्धित वस्तु हावामा फैलिएपछि श्वासप्रश्वासमा भाइरलको जीवाणुले प्रभावित पार्ने र शरीरमा प्रवेश गर्ने कारण मानिसमा भाइरलले प्रभावित पारेको चिकित्सक बताउँछन् । यस्तै यो सरुवा रोग भएको कारण एकबाट अर्कोमा सर्ने गरेको पनि चिकित्सकले बताएको छ ।
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित
अधिवक्ता तारा निधि पन्त जीवन बीमा अभिकर्ता बन्नु केवल आम्दानीको स्रोत मात्र होइन, समाजका व्यक्तिहरूलाई
काठमाडौँ, कात्तिक २ गते । सरकारले नर्सिङ स्वास्थ्यकर्मीहरूको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न १४ सदस्यीय समिति
काठमाडौँ, असोज २४ गते। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) ले अबदेखि चिकित्सकहरूलाई औषधी सिफारिस