१३ भदौ, बुटवल । नेकपा माओवादीका नेता वर्षमान पुन संविधान संशोधनमा सहयोग गर्न एमालेलाई आग्रह गरेका छन् । मधेसवादी दल र केही समुदायले सीमांकनको बिषयमा लिएर असन्तुष्टि जनाएको भन्दै उनले यसलाई सम्बोधन गर्न संविधान संसोधन जरुरी रहेको वताउदै संविधान संशोधनमा सहयोग गर्न एमालेलाई आग्रह गरेका हुन ।
सोमबार बुटबलमा प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पुनले प्रचण्ड नेतृत्वको सरकार संविधान संशोधन गरेर संविधानको कार्यान्वयनमा लाग्ने बताए । ‘संविधानको कार्यान्वयनका लागि ठुला पार्टी मिल्नु पर्ने वताउदै ‘त्यसको लागि एमालेले अहिले प्रतिपक्षमा बसेको भएपनि संविधान संशोधनमा सघाउनु पर्नेमा जोड दिएका हुन् ।
संविधानको कार्यान्वयन, पुनर्निर्माण र शान्तिप्रक्रियालाई टुंगोमा पुर्याउन मुख्य पार्टी जहाँ भएपनि मिल्नुपर्ने उनले बताए । नेता पुनले माओवादी अहिले स्थानीय तहको संरचनाबारे पार्टीमा छलफल अगाडि बढाएको बताए । स्थानीय तह ८ सयदेखि १ हजारको बिचमा बनाउन उपयुक्त हुने उनको धारणा थियो ।
मंसिर २१, काठमाडौं— नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन शान्तिपूर्ण, भयरहित र
बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मंसिर १७, काठमाडौं। सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ, र भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि
काठमाडौँ, कार्तिक २६।भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान र *नेपाल कम्युनिस्ट पार्टी (नेकपा)*बीच ७ बुँदे