संविधान संशोधनमा सहयोग गर्न एमालेलाई आग्रह

Barshaman-Pun-Anant१३ भदौ, बुटवल । नेकपा माओवादीका नेता वर्षमान पुन संविधान संशोधनमा सहयोग गर्न एमालेलाई आग्रह गरेका छन् । मधेसवादी दल र केही समुदायले सीमांकनको बिषयमा लिएर असन्तुष्टि जनाएको भन्दै उनले यसलाई सम्बोधन गर्न संविधान संसोधन जरुरी रहेको वताउदै संविधान संशोधनमा सहयोग गर्न एमालेलाई आग्रह गरेका हुन ।

सोमबार बुटबलमा प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पुनले प्रचण्ड नेतृत्वको सरकार संविधान संशोधन गरेर संविधानको कार्यान्वयनमा लाग्ने बताए । ‘संविधानको कार्यान्वयनका लागि ठुला पार्टी मिल्नु पर्ने वताउदै ‘त्यसको लागि एमालेले अहिले प्रतिपक्षमा बसेको भएपनि संविधान संशोधनमा सघाउनु पर्नेमा जोड दिएका हुन् ।

संविधानको कार्यान्वयन, पुनर्निर्माण र शान्तिप्रक्रियालाई टुंगोमा पुर्‍याउन मुख्य पार्टी जहाँ भएपनि मिल्नुपर्ने उनले बताए । नेता पुनले माओवादी अहिले स्थानीय तहको संरचनाबारे पार्टीमा छलफल अगाडि बढाएको बताए । स्थानीय तह ८ सयदेखि १ हजारको बिचमा बनाउन उपयुक्त हुने उनको धारणा थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ओलीको अपिल: राष्ट्रको पक्षमा स्पष्ट निर्णय लिन मतदातालाई आग्रह

काठमाडौं, फागुन १७ — केपी शर्मा ओलीले मतदातालाई देशको पक्षमा स्पष्ट निर्णय लिन आग्रह गरेका

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका छ: केपी शर्मा ओली

विराटनगर, फागुन १५ । केपी शर्मा ओलीले आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका व्यक्त गरेका

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

झापा–५ केन्द्रित प्रतिबद्धतासहित बालेन शाहको घोषणापत्र सार्वजनिक

काठमाडौं, ११ फागुन। झापा निर्वाचन क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बालेन्द्र शाह (बालेन)ले

गगन थापाको बालेन शाहप्रति कटाक्ष: “कसैलाई घोक्राएर सडक समयमा बन्दैन”

फागुन ८, काठमाडौं । गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहप्रति कटाक्ष गर्दै