पूर्व मन्त्री गोरेबहादुर खपाङ्गीको निधन

goraebahadur-khapanngi१२, काठमाडौं । पूर्व मन्त्री तथा जनजाति आन्दोलनका नेता गोरेबहादुर खपाङ्गीको गएराति निधन भएको छ । न्यूरो अस्पताल बाँसबारीमा उपचारको क्रममा हिजो राति १० बजेर २२ मिनेटमा उनको निधन भएको आईफाका महासचिव सञ्जोग लाफा मगरले जानकारी दिए ।

नेपाल अन्तर्राष्ट्रिय अन्तर्राष्ट्रिय आदिवासी जनजाति चलचित्र महोत्सवमा सहभागी हुन जाने क्रममा राष्ट्रिय सभागृह अगाडि २०७० बैशाख १२ गते मोटरसाइकलले ठक्कर दिएपछि उनी लगातार उपचार गराइरहेका थिए । ठक्करले उनको टाउकोमा चोट लागेको थियो । उपचारको लागि उनलाई सिंगापुरसमेत लगिएको थियो ।

२००३ साउन २५ मा उदयपुरको थाक्लेमा जन्मिएका खपाङ्गीको परिवार महोत्तरीको रामनगरमा बसाईं सरी आएको थियो । हाल उनको परिवार ललितपुरको नख्खुमा डेरा गरी बसेको छ । उनको २ छोरा र २ छोरी छन् ।

२०५९ मा तत्कालिन राजा ज्ञानेन्द्रको मन्त्रिमण्डलमा खपाङ्गी महिला बालबालिका तथा समाज कल्याण मन्त्री भएका थिए । जनजातिहरुले दशैं मनाउन नहुँदै तर्क गर्दै आएका खपाङ्गीले त्यही समयमा राजाको हातबाट दशैंको टीका थापेको दृश्य सार्वजनिक भएपछि उनी विवादमा तानिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

हिउँ पर्ने बहानामा दुई चरणमा निर्वाचन स्वीकार्य छैन : ओली

 माघ २२,काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिउँ पर्ने बहानामा निर्वाचन दुई चरणमा