विदेशी खादाको प्रयोग गर्न पर्यटन मन्त्रालयले लगायाे प्रतिवन्ध

Khada१२, काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले विदेशी खादा माथि प्रतिवन्ध लगाएको छ । राज्यकोषबाट बाषिर्क करोडौँ रुपैँया विदेशबाट आयात हुने खादामा खर्च हुने गरेको र खादाको प्रयोगले वातावरण प्रदुषित हुने भएकाे भन्दै मन्त्रालयले त्यस्तो प्रतिवन्ध लगाएकाे हो ।

आफु मातहतका विभाग, प्रतिष्ठान, प्राधिकरण, निगमआदी विभिन्न ४० वटा निकायलाई परिपत्र गर्दै मन्त्रालयले आइन्दा स्वागत तथा सम्मानमा विदेशी खादा प्रयोग नगर्न मन्त्रालयका सचिव प्रेमकुमार राईको निर्देशनमा निर्देशन दिएका हुन् । यदि खादा प्रयोग गर्नु परेको अवस्थामा नेपालमै उत्पादन भएका ढाका, नेपाली कटन र नेपाली कागजबाट बनेका खादामात्र प्रयोग गर्न मन्त्रालयले भनेको छ ।

मन्त्रीको स्वागतका क्रममा पनि मन्त्रालयले विदेशी खादाको प्रयोग नगरी एउटा मात्र नेपाली ढाकाको खादा प्रयोग गरेको सहसचिव घनश्याम शर्माले वताए । ‘विदेशी खादा रोक्दा राज्य कोष बच्ने, नेपाली उत्पादनलाई प्रोत्साहित गर्ने, थोरै भएपनि व्यापार घाटा कम होस् भन्ने उदेश्यले यस्तो निर्णय गरिएको शर्माले वताए ।

मन्त्रालयले नेपालमा उत्पादन भएको खादामा सम्भवभएसम्म पर्यटन विकासलाई प्रवद्धन गर्ने भाषा र तस्विरको प्रयोग गर्न समेत निर्देशन दिएको छ । सरकारले कुनै निर्देशन नदिएपनि पर्यटन मन्त्रालयले भने आफ्नो मातहतका कार्यालय र निकायलाई निर्देशन पालना गर्न भन्दै त्यस्तो निर्देशन जारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

बालेनलाई लक्षित गर्दै ओलीको कटाक्ष– ‘कुनै बच्चालाई सोध्यो भने पनि प्रधानमन्त्री बन्छु भन्न सक्छ’

काठमाडौं, फागुन ११ । केपी शर्मा ओलीले केही व्यक्तिहरूले हठात् रूपमा आफूलाई प्रधानमन्त्री घोषणा गर्ने

नेपाल रणनीतिक क्रीडास्थल नबनोस्

फागुन २०८२ पुस्तक समीक्षा सञ्चारकर्मी राजेन्द्र कुँवरद्वारा लिखित ‘नेपाली दृष्टिकोणमा खम्पा विद्रोह’ पुस्तकले उक्त ऐतिहासिक

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

एमाले अध्यक्ष ओली मतदातासँगको भेटघाटमा सक्रिय

फाल्गुन ४, दमक ।  केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री ओली

फागुन ३ गतेभित्र घोषणापत्र बुझाउन निर्वाचन आयोगको आग्रह

काठमाडौं, माघ २९ निर्वाचन आयोगले प्रत्यक्ष निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूलाई आगामी फागुन ३ गतेभित्र आफ्नो निर्वाचन