२१ जना न्यायधीशको सरुवा

 २३ चैत्र ,उच्च अदालतका छ जना र विभिन्न जिल्लाका १५ जना न्यायाधीशको हिजो काज सरुवा भएको छ । प्राप्त विवरणअनुसार उच्च अदालतका न्यायाधीशहरुमध्ये बालकृष्ण उप्रेतीलाई जनकपुरबाट पोखरा र रेणुका साहलाई बिराटनगरबाट बुटवल पुर्याइएको छ । साह पूर्व प्रधानन्यायाधीश रामकुमार साहकी छोरी हुन् ।

त्यसैगरी न्यायाधीश डालकुमार खड्कालाई उच्च अदालत पोखराबाट जनकपुर,उज्जवल शुक्ललाई जनकपुरबाट पोखरा, नवराज थपलियालाई बुटवलबाट पाटन तथा किरणकुमारी गुप्तालाई जनकपुरबाट बिराटनगर लगिएको छ । न्यायाधीश गुप्ता रौतहट निवासी हुन् ।

काजको लागि न्यायपरिषद्को निर्णय आवश्यक नपर्ने भएकाले प्रधानन्यायाधीश राणाले काज खटाउनुभएको बताइएको छ ।
हिजै विभिन्न १५ जना जिल्ला न्यायाधीशको पनि काज सरुवा भएको छ । जसअनुसार महेन्द्रबहादुर कार्की सिन्धुपाल्चोकबाट सिन्धुली, हरिश्चन्द्र ढुंगाना लमजुङ्गबाट तनहुँ,गिरीराज गौतम सिरहाबाट झापा र तेजप्रसाद पौडेल धनुषाबाट म्याग्दी सरुवामा परेका हुन् ।

त्यसैगरी भरत लम्साललाई कञ्चनपुरबाट मोरङ,कमलप्रसाद पोखरेललाई सुनसरीबाट रुपन्देही, तेजेन्द्र सापकोटालाई कास्कीबाट कपिलवस्तु,परशुराम भट्टराईलाई काठमाडौंबाट धनुषा सरुवा गरिएको छ भने पुनाराम खनाललाई दाङबाट मनाङ लगिएको छ ।
हिजोको सरुवामा जिल्ला न्यायाधीशहरु रमेशकान्त अधिकारी गोरखाबाट सर्लाही, बाबुराम सुवेदी रौतहटबाट कास्की, सन्तोष पराजुली सिन्धुलीबाट सोलुखुम्बु,दिनबन्धु बराल नवलपरासीबाट गोरखा,महेन्द्र काफ्ले सोलुखुम्बुबाट काभ्रे र चन्द्रप्रकाश तिवारी मनाङबाट सिन्धुपाल्चोक पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने