स्तन क्यान्सर पत्ता लगाउने अनौठो ब्रा !

breast-cancer-detecting-eva-braएजेन्सी,  ६ जेठ । मेक्सिकोका एक युवकले स्तन क्यान्सर पत्ता लगाउने ब्राको आविष्कार गरेका छन् । १८ वर्षीय जुलियन रिओसले आविष्कार गरेको उक्त ब्राले स्तन क्यान्सरको पूर्व लक्षणहरु पत्ता लगाउन सक्ने बताइएको छ ।

उनी र उनका तीन साथीहरु मिलेर एउटा कम्पनी खोलेपछि अहिले उनीहरु यसको उपयोगिता बढाउने पहिलो चरणमा छन् । उनीहरुले त्यसका लागि पुग्दो लगानीको बन्दोबस्त गरेर विभिन्न परिक्षण समेत गरिसकेका छन् । ग्लोबल इन्टरप्रेनर स्टुडेन्टले उनीहरुलाई अवार्डले सम्मानित गरिसकेको छ ।

कसरी काम गर्छ यो ब्राले ?
क्यान्सर भएपछि शरीरमा रगतको बहाव पनि बढ्छ र यसले हाम्रो शरीरको तापमानमा असर पार्छ । यस्तोमा इभा ब्राको मुख्य काम भनेको त्यसमा जडान गरिएको बायोसेन्सरहरुले शरीरमा हुने अचानक परिवर्तनहरु पत्ता लगाएर मोबाइल फोनमा एउटा एपको मद्दतले मान्छेलाई सावधान गराउँछ । यसले तापक्रम र अन्य शारीरिक गतिविधिहरुमा आएका बदलावहरु सजिलै पत्ता लगाउन सक्छ । यसबाट उचित परिणाम हासिल गर्नका लागि महिलाले हप्तामा ६० देखि ९० मिनेटसम्म यो ब्रा लगाउँदा हुने बताइएको छ ।
जुलियन रिओसले यस्तो ब्राको आविष्कार गर्ने प्रेरणा आफ्नी आमाबाट पाएका हुन् । उनी १३ वर्षको हुँदा स्तन क्यान्सरका कारण उनकी आमा सिकिस्त बिरामी थिइन् ।

पहिले नै लक्षण पत्ता नलागेका कारण उनकी आमा मृत्युको मुखबाट बाँचेकी थिइन् । त्यसपछि जुलियनले आफ्ना केहि साथीहरु बोलाएर यस प्रोजेक्ट सम्बन्धी छलफल गरे र अब आउँदो केहि महिनामै यो बजारमा बिक्रीका लागि राखिनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

 कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि