२७ असोज, एजेन्सी : अमेरिकालाई समेत जितेर चीन विश्वकै सवैभन्दा धेरै आइसक्रिम उत्पादन गर्ने देश बनेको छ । उत्तरी चीनको तियानजीन शहरमा चलेको एउटा औद्योगिक प्रदर्शनीमा हालै मात्र यस्तो तथ्यांक सार्वजनिक गरिएको हो ।
गत सन् २०१६ मा चीनको मुख्य आइसक्रिम उत्पादन गर्ने कारखानाबाट ३३ लाख टन आइसक्रिम उत्पादन गरेको यस सम्बन्धी संस्था ‘चाइना एसोसिएसन अफ बेकरी एण्ड कन्फेक्सनरी इन्डस्ट्री’का प्रवक्ताले जानकारी दिएका छन् । उनले गत बर्ष चीनले अमेरिकाले भन्दा धेरै आइसक्रिम उत्पादन गरेको दावी गरे ।
बीस बर्ष अगाडी चीनमा हरेक व्यक्तिलाई एक लिटर आइसक्रिम पुग्थ्यो भने सन् २०१६ मा त्यो मात्रा बढेर तीन लिटरमा पुगेको छ ।
“अन्य विकसित देशको तुलनामा चीनमा आइसक्रिम उत्पादन गर्ने उद्योगहरू नयाँ नै छन्, त्यसैगरी घरघरमा पनि ठूलो मात्रामा उत्पादन हुन्छ,” उद्योगीहरूको एसोसिएसनका निर्देशक झु निअन्लीनले भने । यस बर्ष मात्रै चीनले चार सय ओटा आइसक्रिम प्रदर्शनी संचालन गरेको छ ।
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल
काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू
माघ २९, काठमाण्डौ । नेपाल ट्रेड युनियन महासँघ(जिफन्ट) ले नेपाल सरकारले वैदेशिक रोजगारलाई व्यवस्थित गर्ने
पुस २९,काठमाडौँ । अब त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले प्रवाह गर्ने सेवामा सुधार
माघ १०,बैतडी। श्रमिकका छोराले एमबिबिएस पढ्न पूर्ण छात्रवृत्तिमा नाम निकालेपछि खुसीयालीसँगै बिहान बेलुकी के खाएर