युवतीले करोडपती वृद्धसँग विवाह गरिन् ,पछि थाहा भयो ‘श्रीमान् आफ्नै हजुरबुवा’

youngएजेन्सी । अमेरिकाकी एक २४ वर्षीया युवतीले ६८ वर्षे श्रीमान् आफ्नै हजुरबुवा भएको थाहा पाएपछि चकित परेकी छिन् । गत तीन महिनादेखि विवाह सम्बन्धमा रहेका ती जोडीले मायमीको गोल्डेन बीचस्थित फ्लोरिडामा रहेको उनको घरमा भएको पुरानो फोटो एल्बम हेर्दा आफूहरु हजुरबुवा नातिनी भएको थाहा पाएको बताएका छन् ।

 उक्त एल्बममा उनका श्रीमानको पहिलो विवाहबाट जन्मिएका सन्तानहरुको फोटो थियो । ती फोटोमध्ये एउटामा युवतीका आफ्नै बुवाको फोटो भएकमो फ्लोरिडा सन पोष्टले बतायो । ती वृद्धका अनुसार पहिलो श्रीमतीले छोडेर अपरिचित ठाउँमा गएपछि उनले आफ्ना सन्तानलाई कहिले पनि देख्न पाएनन् । ‘यत्तिका वर्षसम्म मैले उनलाई कतै पनि भेट्न सकिनँ,’ उनले भने । उनले आफ्नी पूर्व श्रीमती र सन्तानहरुको खोजी गर्न नीजि अनुसन्धानकर्ताहरुलाई पनि नियुक्त गरेको तर उनीहरुले पनि श्रीमती र सन्तानबारे केही पत्ता लगाउन नसकेको दाबी गरे ।

उनले त्यसपछि पुनः विवाह गरे जसबाट उनका थुप्रै सन्तान भए । तर दोस्री श्रीमतीसँगको सम्बन्ध पनि विच्छेद भएपछि उनी आर्थिक रुपमा दुर्बल भए । तर भाग्यको खेल, त्यसको दुई वर्ष पछि उनले चिट्ठामा हज्जारौं मिलियन डलर जित्न सफल भए । सन् २०१५ मा ती वृद्धले आफ्नो लागि नयाँ श्रीमती खोज्ने निर्णय गरे । स्थानीय डेटिङ एजेन्सीसँग समन्वय गरी उनले नयाँ श्रीमतीको खोजी गर्न सुरु गरे ।

 

‘उनीहरुसँग थुप्रै राम्रा महिलाहरुको वेबसाइट र प्रोफाइल थियो तर उनको फोटो देखेपछि मलाई अर्कै महसुस भयो । उनी मसँग परिचित छिन् जस्तो लागेको थियो ।’

‘उनी रेष्टुरेन्टभित्र छिर्ने बित्तिकै मैले उनलाई विवाह गर्ने निर्णय गरिसकेको थिएँ,’ उनले थपे । उक्त भेटमा उनीहरुले आफ्नो परिवार बारे निकै संक्षिप्त कुराकानी गरेको बताए । कुराकानीकै क्रममा उनले थाहा पाए कि ती युवतीलाई उनका बुवा (वृद्धका छोरा) ले गर्भवती भएका कारण घर निकाला गरिदिएका थिए । त्यसपछि उनले ती धनी वृद्धासँग विवाह गरेर आफ्नो बाँकीको जिन्दगी उनैसँग बिताउने निर्णय गरेको उनले बताइन् ।

‘मेरो दुईवटा विवाह टुटिसकेको छ । तेस्रो विवाह नटुटोस् भनेर कटिबद्ध छु,’ उनले भने । ‘जब मैले मेरो बुवालाई फोटोमा देखें । म निकै निराश भएँ । यद्यपी, हामीबिचको सम्बन्ध यति गहिरो भइसकेको छ कि यो कुराले हामीलाई छुटाउन सक्दैन,’ ती युवतीले भनिन् । उनीहरुबिचको सम्बन्ध स्पष्ट भएपनि उनीहरु सँगै बसिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

श्रममन्त्रालय र वैदेशिक रोजगार प्रर्वधनबोर्डका विरुद्ध जिफन्टले गर्यो प्रतिरोधि अभियानको घोषणा

माघ २९, काठमाण्डौ । नेपाल ट्रेड युनियन महासँघ(जिफन्ट) ले नेपाल सरकारले वैदेशिक रोजगारलाई व्यवस्थित गर्ने

विद्यार्थीले घरैबाट ट्रान्सक्रिप्ट पाउने व्यवस्था शुरु

पुस २९,काठमाडौँ । अब त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले प्रवाह गर्ने सेवामा सुधार

श्रमिकका छोराले डाक्टर पढ्ने छात्रबृत्ति पाएपनि खानबस्न समस्या

माघ १०,बैतडी।  श्रमिकका छोराले एमबिबिएस पढ्न पूर्ण छात्रवृत्तिमा नाम निकालेपछि खुसीयालीसँगै बिहान बेलुकी के खाएर

नक्कली भ्याट बिल बनाउनेलाई सतप्रतिशत जरिमाना

 कार्तिक ०२, २०८० | काठमाडौं । सर्वोच्च अदालतले नक्कली भ्याट बिल निर्माण गरी राजस्व छल्नेमाथि