फागुन ५ देखि मैदानमा पूर्वराजा ज्ञानेन्द्र! पूर्वयुवराज्ञी हिमानी शाह र स्वकीय सचिवलाई साथमा लिएर बैंकक पुगेका पूर्वराजाले त्यहाँ चीन र भारतका विशेष दूतहरुसंग बेग्लाबेग्लै भेटवार्ता गर्ने!

Gyanendra-shah-141236518काठमाडौं।पूर्व राजा ज्ञानेन्द्र विशेष राजनीतिक संवादका निम्ति गत साता थाइल्याण्डको राजधानी बैंकक पुगेका छन्। गत बुधबार (माघ १९) साँझ चिनियाँ राष्ट्रपति सी जिनपिङका विशेष प्रतिनिधिहरुसंग रात्रिभोजसहितको भेटवार्तापछि उनी बैकक प्रस्थान गरेका हुन। पूर्वयुवराज्ञी हिमानी शाह र स्वकीय सचिवलाई साथमा लिएर बैंकक पुगेका पूर्वराजाले त्यहाँ चीन र भारतका विशेष दूतहरुसंग बेग्लाबेग्लै भेटवार्ता गर्ने घटना र विचार साप्ताहिकमा खबर छापिएको छ।

 

बैंकक प्रस्थान गर्नुअघिका केही दिनभित्र उनले नेपालमा केही राजनीतिक दलका नेताहरुसंग परामर्श गरेको पनि बुझिएको छ। उनी माघको २७ वा २८ गते स्वदेश फर्केने बताइएको छ।

पछिल्लो समयमा तात्कालिक राजा ज्ञानेन्द्र राष्ट्रिय मुद्धाहरुमा अलिक मुखरित भएर प्रस्तुत हुँदै आएका छन् भने स्वेदेशी नेता र बुद्धिजीवी तथा मित्रदेशका दूरतहरुसंगको बैठक तथा परामर्शलाई पनि उनले प्राथमिकता दिन थालेका छन्। भनिन्छ, राजसंस्थाको भविष्यबारे पूर्व श्री ५ अब निर्णायक वार्तालापको चरणमा प्रवश गरेको र अबका वार्तालाप तथा बैठकहरुले कुनै न कुनै रुपको ठोस परिणाम हासिल हुने आशा उनले गरेका छन्। राजसंस्थाले ‘स्पेस’ पाउने या नपाउने भन्ने कुराको निर्क्योल गरिसकेपछि पूर्व श्री ५ बाट ठोस कदम चालिने बताइएको छ।

बैंककबाट फर्किपछि केही दिन राजधानीमा रहेर पूर्वराजा सपरिवार तराई मधेशको विधेष भ्रमणमा जाने जानकारी घटना र विचारलाई प्राप्त भएको छ। समाचारअनुसार उनी आगामाी फागुन ५ गते बाराको सिमरा पुग्नेछन्। फागुन ७ गते पूर्वरानी कोमलको ६७ औँ जन्मदिवस सिमरामै मनाएपछि सिमरालाई मुकाम बनाएर उनी तराई मधेशका केही जिल्लाको भ्रमणमा जाने बुझिएको छ। सप्तरीदेखि पर्सासम्मका विभिन्न स्थानको भ्रमणमा गई उले जनतासंग प्रत्यक्ष सम्पर्क गर्नेछन् र करिब २ सातापछि उनी राजधानी फर्कने छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने