पूर्वराजदूत आचार्यको ‘कूटनीतिक डायरी’ लोकार्पण

काठमाडौं, पुस १गते । चीनका लागि नेपाली पूर्वराजदूत राजेश्वर आचार्यको नेपाल–चीन सम्बन्धसहितका कूटनीतिक क्षेत्रका विविध विषयवस्तु समेटिएको ‘कूटनीतिक डायरी’ पुस्तक सार्वजनिक भएको छ ।

पूर्वपरराष्ट्रमन्त्री भेषबहादुर थापाले आज यहाँ आयोजित समारोहमा उक्त पुस्तक लोकार्पण गर्नुभएको हो । चीनमा रहँदा नेपाल–चीन सम्बन्ध विकसित गर्ने सम्बन्धमा भएका द्विपक्षीय भेटघाट, छलफल, सहयोग र सम्झौतासम्बन्धी देखेको, भोगको र अनुभव गरेका विषय स्पष्टरूपमा कृतिमा समावेश गर्नुभएको छ ।

पुस्तकमा कूटनीतिक यात्रा, चीनबारे अनुभव र बुझाइ, माओको उदय र प्रभाव, एक चीन नीति, कालापानीबारे चासो, पारवहन सन्धिको चासो, राजा वीरेन्द्रको चीन भ्रमण, चिनियाँ प्रधानन्त्री झु रुङ जीको नेपाल भ्रमण तथा आर्थिक कूटनीति र मगन्ते प्रवृत्तिलगायत शीर्षकमा विविध विषय समेटिएको छ ।

उहाँ विसं २०५५ कात्तिक १ देखि २०५९ माघ १५ गतेसम्म चीनका लागि राजदूत हुनुहुन्थ्यो । पूर्वराजदूत आचार्यले आफ्नो पुस्तक स्व राजा वीरेन्द्र तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री स्व विपी कोइरालाप्रति समर्पित गर्नुभएको उल्लेख छ ।

बेइजिङमा चार वर्ष रहँदा उहाँलाई दुई राजा र पाँचवटा सरकारको प्रतिनिधि भई काम गर्ने अवसर जुटेको थियो । नेपाल चीनसँग सीमा जोडिएका १४ मध्ये एक छिमेकी राष्ट्र हो । शान्त कूटनीतिमा विश्वास गर्ने चीन र नेपालबीचको सम्बन्ध सदियौँदेखि मित्रवत् रहँदै आएको छ ।

नेपालजस्ता मुलुकले चीनको अवधारण बुझेर नीतिगत सामञ्जस्य मिलाएर राष्ट्रिय हित संरक्षण गर्न सक्नुपर्छ भन्ने परराष्ट्र मामिलाका जानकार बताउनुहुन्छ । कृतिमा प्राध्यापक केदारभक्त माथेमा, कूटनीतिज्ञ हिरण्यलाल श्रेष्ठ, पत्रकार ध्रुबहरि अधिकारी र कमला आचार्यले कृतिका सम्बन्धमा समीक्षा र प्रतिक्रिया समेटिएको छ ।

पुस्तकमा मङ्गोलिया र उत्तर कोरिया सम्बन्धित  कतिपय विषयवस्तु र तथ्य तथ्याङ्क समावेश गरिएको छ । राष्ट्रहितलाई सर्वोपरी राखेर छिमेकीसित सन्तुलन कायम गर्न तथा विश्व शान्ति र अन्तर्राष्ट्रिय कानुनको पालना गर्ने विषयमा समेटिएको लेखले कृतिलाई ओजपूर्ण तुल्याएको छ ।

चीनबारे अनुभव  र बुझाइ शीर्षकमा लेखक आचार्यले चिनियाँ नेतृत्वसहित सबैले कडाइका साथ समयको पालना गरेको, सबै काम र भेटघाट निर्धारित समयमै हुने गरेको तथा सार्वजनिक यातायात हवाई, रेल र बस निकै व्यवस्थित रहेको उल्लेख छ । चीनले अनुसन्धान र विकासमा धेरै ठूलो लगानी गरेको तथा उनीहरूको जोड विशेषत विद्यार्थीमा ज्ञान, सीप र व्यक्तित्व विकासमा रहेको उल्लेख छ ।

पुस्तक विमोचन समारोहमा पूर्वपरराष्ट्रमन्त्री डा भेषबहादुर थापाले छिमेकीसँग सन्तुलन कायम गरी आफ्नो राष्ट्रियहितमा काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले भन्नुभयो, “चीनका नेताहरूबाट माथिल्लो तहको शिष्टाचार र मानवीय पक्षमामा सबैले ज्ञान लिन र सिक्न जरुरी छ ।”

कूटनीतिक क्षेत्रका जानकार पूर्वसचिव चिरनशम्शेर थापाले राजनीतिक हिसाबले उथलपुथल भए पनि चीनले नेपालाई सधैँभर श्रद्धाभावले हेर्दै आएको बताउनुभयो ।

पूर्वराजदूत हिरण्यलाल श्रेष्ठले मुलुकको प्रतिनिधित्व गरेर जाने व्यक्तिले दल विशेषको नभई राष्ट्रहितलाई सर्वोपरी राखेर काम गर्न सक्नुपर्छ भन्ने सन्देश पुस्तक अध्ययनबाट थाहा पाइने छ भन्नुभयो ।

वरिष्ठ पत्रकार अधिकारीले नेपाल–चीन सम्बन्ध र समग्र कूटनीतिबारे जानकारी लिन चाहने पाठकका लागि कूटनीति डायरी ओजपूर्ण र मूल्यवान रहेको बताउनुभयो ।  लेखक शौरभले मुलुक कृषिमा आत्मनिर्भर नरहेसम्म  परिपक्क ढङ्गबाट कूटनीतिमा सन्तुलन कायम गर्न सकिन्न भन्ने सन्देशलाई नेतृत्वले अझै आत्मसाथ गर्न नसकेको भनी टिप्पणी गर्नुभयो ।

पुस्तका स्रष्टा आचार्यले नेपाल र चीनबीच समस्यारहित रहेको धारणा राख्नुभयो । पूर्वराजदूत आचार्यले कूटनीतिक डायरी विसं २०३३ मा विपी कोइराला मेलमिलापको नीति लिई ज्यानकै बाजी राखेर स्वदेश फर्केको दिनका अवसर पारेर विमोचन कार्यक्रम राख्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल