देशकै सबैभन्दा ठूलो ईन्टरनेट सेवाप्रदायक वर्ल्डलिंक,२८ वर्षमा प्रवेश


३० भदौ ,काठमाडौं ।
नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंकले आज आफ्नो स्थापनाको २७ वर्ष पुरा गरेर २८ वर्षमा प्रवेश गरेको छ।आजभन्दा २७ वर्ष अगाडी आजकै दिन जावलाखेलबाट सुरु गरिएको ईन्टरनेट सेवा विस्तार अभियान आज देशैभरी फैलिएको छ।

हिमाल,पहाड,तराई सम्पुर्ण क्षेत्रहरूमा आफ्नो सेवा विस्तार गर्न सफल ईन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंकले टेलिफोन र मोबाइलको टावर नटिप्ने दुरराजको गाउंहरुमा समेत आफ्नो सेवा पुर्‍याउन सफल भएको छ।

देशभर ७ लाख प्रयोगकर्तालाई सेवा उपलब्ध गराएको वर्ल्डलिंक व्यवस्थापनले जनाएको छ।सबैभन्दा गुणस्तरीय सेवा पुर्‍याउंदै आएको वर्ल्डलिंक ईन्टरनेट सेवा प्रदायहरु मध्ये देशकै सबैभन्दा ठूलो कम्पनी हो।

सन् १९९७ देखी डायलप ईन्टरनेट सेवा बाट तिनजना  संचालकहरु श्री दिलिप अग्रवाल,मनोज अग्रवाल र स्वर्गीय बिजय जालनले सुरु गर्नुभएको कम्पनीले आज देशभरी गरेर कुल ५५ सयलाई रोजगारी प्रदान गरिरहेको छ।

देशभरी गरेर ३० हजार स्थानमा निशुल्क सार्वजनिक वाईफाई उपलब्ध गराइरहेको वर्ल्डलिंकले सामाजिक क्षेत्रमा पनि आफ्नो महत्त्वपूर्ण योगदान पुर्‍याउंदै आएको छ।तराईमा ‘शिक्षा र चेतना मार्फत महिला सशक्तीकरण’ कार्यक्रम संचालन गरिरहेको वर्ल्डलिंकले,अनाथ आश्रमहरुमा पार्कहरुको निर्माण तथा व्यवस्थापन,ग्रामीण क्षेत्रका विद्यालयहरु लाई कम्प्युटर हस्तान्तरण देखि जनताका विभिन्न समस्या समाधान गर्ने कार्य गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने