जाडोमा छाला र ओठ फूट्न नदिन अचुक उपाय ?

oth

 

सामान्यतः छालालाई ‘ड्राई’, ‘नर्मल’ र ‘ओइली’ गरी तीन प्रकारका हुन्छन्। तर जाडोमा भने ड्राई प्रकृतिका मात्र हैन सबैखाले छाला सुख्खा हुने समस्याले सताउने गर्छ। यसको अर्थ गर्मीमा नफूटने वा सुख्खा नहुने भन्ने होइन। जाडोमा बढी मात्रामा यो समस्या देखिने गर्छ।धेरै फूट्ने र सुख्खा हुने भागमा गाला र हातगोडा पर्छन्। यी बाहेक ओठ पनि ज्यादा फूट्ने गर्छ। फूट्नु वा सुख्खा हुनुको प्रमुख कारण भनेको छालामा पानीको मात्रा कम हुनु हो।

जाडोमा वातावरण सुख्खा हुन्छ। त्यसमाथि न्यानोका लागि भन्दै एसी तथा हिटर चलाउने वा आगो बाल्दा त्यसले हावामा हुने पानी तथा अन्य तरलपदार्थको कणलाई घटाउने काम गर्छ। यसले मुलतः तातो प्रयोग भएको वरीपरीको वातावरणलाई थप सुख्खा बनाउने काम गर्छ।

वातावरण र हाम्रो छालाबीच अत्यन्तै जटिल सम्बन्ध हुन्छ। वातावरण सुख्खा हुँदा त्यसको प्रभाव हाम्रो छालासम्मै देखापर्छ। यसै कारण जाडो मौसममा छालामा सुख्खापन तथा फुट्ने समस्या देखिन्छन्।तर केही व्यक्तिको भने छालाको बनोट नै सुख्खा किसिमको हुनेगर्छ। त्यस्ता व्यक्तिमा सुख्खा हुने समस्या देखा पर्ने सम्भावना अन्यभन्दा बढी रहन्छ। चिल्लो छालामा त्यस किसिमको समस्या नहुने भन्ने होइन।

यसको स्याहार अत्यन्त सरल छ। यसका लागि कुनै चिकित्सकलाई भेट्नु वा औषधि सेवनको जरुरी पर्दैन। घरमै समस्याको निवारण गर्न सकिन्छ।सुख्खा तथा फुटेको छालाको स्याहार समयमै नगर्ने हो भने त्यसले विभिन्न एलर्जीहरुको जोखिम बढाउँछ। यो समस्याबाट बच्न वा कम गर्दै लैजान चिल्लो बनाउने घरमै पाइने नौनी वा नरिवलको तेल लगाउन सकिन्छ। तर घरमा यी चिजहरु छैनन् भने बजारमा पाइने केही क्रिमहरुको प्रयोग गर्न सकिन्छ।

भ्यासलिन तथा मोइस्चराइजिङ क्रिमको प्रयोग गर्न सकिन्छ। यी क्रिमले छालामा पानीलाई बचाएर राख्ने काम गर्छ। बजारमा धेरै कम्पनीका क्रिमहरु उपलब्ध छन्। ब्राण्डेड वा महँगो क्रिम नै प्रयोग गर्नुपर्छ भन्ने सोच पनि गलत हो, तर गुणस्तर भने त्यसको पहिलो सर्त हुनुपर्छ।

भ्यासलिन वा मोइस्चराइजिङ क्रिम लगाउँदा ध्यान दिनुपर्ने कुरा भनेको यो लगाउनुपुर्व अनुहार वा हातगोडाको छाला हलुका भिजाउनु जरुरी हुन्छ। यी क्रिमले छालाबाट पानी उडेर जानबाट रोक्छ र पानीलाई सञ्चय गरेर राख्छ। छालामा भएको सुख्खापनको अवस्था हेरेर दिनमा एक देखि पाँचपटकसम्म यी क्रिमहरु लगाउन सकिन्छ।

यदी नियमित हिटर, आगो ताप्ने व्यक्तिको हकमा भने धेरै पटक यी क्रिम लगाएको राम्रो हुन्छ। यी क्रिमहरुको प्रयोग गर्दागर्दै छाला चिलाउने, मसिना दाना आउने समस्या देखिएमा भने चिकित्सकसँग परामर्श लिनुपर्दछ। त्यतिबेला औषधिकै प्रयोग गर्नुपर्ने हुन सक्छ।यी समस्या आउन नदिन दैनिक रुपमा नुहाउने तथा पर्याप्त पानी पिउने गर्नुपर्छ। स्वस्थ मनिसका लागि दैनिक ३ लिटरभन्दा बढी पानी पिउनु जरुरी हुन्छ।

त्यस्तै नुहाउँदा तातो पानीको प्रयोग गर्नाले सुख्खापना बढाउन सहयोग गर्छ। सुख्खा छाला भएका मानिसले धेरै समयसम्म तातोपानीमा नुहाएर बस्नु हुँदैन। नुहाएर निस्केपछि तुरुन्तै सफा कपडाले पुछेर मात्रै मोइस्चराइजिङ क्रिम वा नरिवलको तेल दल्नुपर्छ।

बाहिर हिँड्दा ‘एसपिएफ’ भएको सन ब्ल्क क्रिम लगाउनु उचित हुन्छ। गर्मीको समयमा सकभर धेरै एसपिएफ भएको क्रिम आवश्यक भएपनि जाडोमा मध्यम एसपिएफ भएको क्रिम लगाउँदा फरक पर्दैन।त्यस्तै गाला तथा हात गोडाका छालाबाहेक जाडोमा ओठ फूट्ने समस्या पनि उत्तिकै देखिने गर्छ। सुख्खा छाला भएकाहरु मध्ये केहीमा भने बाह्रै महिना ओठ फूट्ने समस्या भएको पाइन्छ।घरबाहिर निस्केपछि जताततै धुलोधुवाँ भएको वातावरण छ। त्यसमाथि हामीमध्ये धेरैले पर्याप्त पानी पिउदैनौँ। त्यसैले ओठ फूट्ने गर्छ। जिब्रोले ओठ छुइरहने तथा थुक लाग्दा समेत ओठ फूट्छ।

ओठ फूट्न नदिन तथा सुरक्षाका लागि तातोपीरो खाने बानी कम गर्दै जानुपर्छ। यो बाहेक धुम्रपान गर्ने अम्मल समेत त्याग्नुपर्छ। ओठ फूट्ने वा सुख्खा हुने समस्या कम गर्नलाई बाहिर हिँड्दा मास्क लगाउनु पर्छ। उचित विकल्प भनेको ‘एसपिएफ’ भएको ओठमा लगाउने क्रिम (लिप बाल्म) आफैसँग राख्नु पर्छ र एसपिएफका आधारमा हरेक घण्टा लगाइरहनु पर्छ।

ओठ फुट्ने वा सुख्खा हुँदैमा कुनै ठूलो जोखिम रहँदैन। त्यसैले एउटा लिप बाल्म लगाउँदैमा ठिक हुन्छ भने त्यो गर्न अल्छी मान्नु हुँदैन।बजारमा भ्यासलिन, निभिया, हिमालय, अस्टबेरी, भिएलसिसी, लोटस, ओसिया, न्युलुक्स लगायत ब्राण्डका क्रिमहरु उपलब्ध छन्।यी क्रिम मुहारमा प्रयोग गर्नुपूर्व हात सफा हुनुपर्छ। पाखुरा, घाँटीजस्ता घाम पर्ने अन्य अंगमा पनि थोरै मात्रामा लगाउन सकिन्छ। शरीरमा कुनै पनि प्रकारको प्रतिकुलता नल्याउने क्रिमलाई चाहेको स्थानमा लगाउन सकिन्छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

 कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि