गौतमको अन्त्यष्टी राष्ट्रिय ससम्मानका साथ, हज्जारौंको संख्यामा जनसागर उर्लियो

17237256_1271993406214116_874906122_o-750x562कञ्चनपुरको आनन्दबजार नजिक पुनर्वास नगरपालिकाले नेपाली भुमिमा कल्भर्ट निर्माण गर्न खोज्दा नेपाली भुमिलाई भारतले आफ्नो भनी दावी गरेपछि निम्तिएको विवादका कारण भारतीय एसएसबीको गोलि बाट बिहिवार गोविन्द गौतमको मृत्यु भएको छ ।

आज गौतमको पार्थिव शरीरलाई राष्ट्रिय सम्मानका साथ अन्त्यष्टी गरियो । २ साता अघि देखि नै भारतले नेपाली भुमिमा कल्भर्ट बनाउन रोक लगाएर पछि सहायक प्रमुख जिल्ला अधिकारी प्रेम बहादुर कुँवरले भारतीय एसडियम सादा अस्लाम संग गर्नु भएको सम्झौता अनुसार कच्ची कल्भर्ट बनाउने सहमति भएको थियो । सहमति अनुसार नै नेपाली पक्षले कच्ची कल्भर्ट बनाए पनि नेपालीहरुलाई आनन्दबजारमा आएर थर्काउने र गालीगलोज गर्ने गरिरहेको थियो । बुधबार राती ९ बजे आनन्दबजार स्थित श्याम गुरुङको घरमा आएर घर छोडेर भाग्न भन्दै घरमा राखेको सामान तोडफोड गरि बाख्रा पशु लिएर गएका थिए ।

सोहि क्रममा ईलाका प्रहरी कार्यालयको प्रहरी टोलि, स्थानीय, पत्रकार सो स्थानमा करिव ९स्३० बजे पुग्दा आनन्द बजार पुरै एसएसबीले कब्जामा लिएको थियो । सो दृश्यलाई क्यामेरामा कैद गर्न खोज्दा नेपाली प्रशासन कै अगाडी पत्रकार हेमन्त न्यौपानेको घाँटीमा समातेर क्यामेरा लुटिएको थियो भने मार्न धम्की समेत दिएको थियो । बिहिवार बिहान आनन्दबजारबाट एसएसबीलाई भगाउन स्थानीयहरुले ढुंगामुढा गरेका थिए ।

प्रतिकारमा एसएसबीले नेपाली भुमिबाटै फायर गर्दै गोविन्द गौतमको हत्या गरेको थियो । गौतमको हत्या पछि आक्रोशित बनेका नेपाली सर्वसाधारणले ज्यानको बाजि थापेर दिनभर एसएसबीको बन्दुकसंग ढुंगामुढाको लडाइँ लडे । बेलुका ५ बजे मात्र घटना स्थलमा भारतीय पक्षसंग वार्ताका गर्नका लागि कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनाल पुग्दा आक्रोशित सर्वसाधारणले उनीमाथि ढुंगामुढा गर्दै विरोध गरेका थिए ।

भारतीय पक्षले आफूले गोलि चलाएको नस्विकाने पनि भारतीय एसएसबी सर्बेन्द्र सुक्लाले चलाएको गोलिबाट गौतमको मृत्यु भएको खुल्न आएको छ । नेपाल सरकारले भारतीय बिदेश मन्त्री सुश्मा स्वराज संग कुरा गरि घटना बारे छानबिन गरि दोषीलाई कारबाही गर्न माग गरेको छ । सोही दिन भारत घाँस काट्न गएका नेपाली महिलाहरुलाई भारतीय पक्षले कपडा खोली नांगो बनाएर पठाएको प्रत्यक्षदर्शीले बताएका छन । शुक्रबार सो खबर प्यापक भएपछि कैलाली र कञ्चनपुरका २० हजार सर्वसाधारणको उपस्थित भई भारतीय विस्तारबादी एसएसबी माथी ढुंगामुढा गरेका थिए ।

नेपाली प्रशासनले आक्रोशित भिडलाई नियन्त्रण गर्न एक हजार भन्दा बढी सुरक्षा कर्मी परिचालन गरिएपनि आक्रोशित भिडलाई नियन्त्रण गर्न नसक्दा भारतीय एसएसबीसंग बन्दुकको गोलिको सामु ढुंगामुढा र लाठी लिएर आक्रमण गरेका थिए । जवाफमा भारतीय सिमा सुरक्षा बल एसएसबीले नेपाली भुमि बाटै २२ राउन्ड हवाइ फायर गर्दै १७ राउन्ड असुरग्यास प्रहार गरेको थियो, नेपाली सुरक्षा कर्मीले भने नेपाली तर्फ नै २ राउन्ड असुरग्यास प्रहार गरेको थियो । नेपाली भुमिलाई निरन्तर कब्जामा राखेको एसएसबीलाई नेपाली ससस्त्र प्रहरीले पछि हटाउन सकेन ।

शनिबार बिहानैदेखि झडप हुन नदिन नेपाली प्रशासनले आनंदबजारमा छ वटा सुरक्षा कवज प्रहरी खटाएको थियो । आक्रोशित सर्वसाधारणलाई झडप हुनबाट रोक्न आनन्दबजारमा निषेधित क्षेत्र घोषणा गरिए पनि आक्रोशित जनसागरले ससस्त्र प्रहरी माथी नै दिनभर ढुंगामुढा गरिरहे । आइतबार विहान धनगढीबाट गौतमको पार्थिव शरीरलाई त्रिनगर भन्सार हुँदै बाइसेबिचुवाको अमरबस्ती र भिमबस्ती हुँदै दोदा नदिको किनारामा राष्ट्रिय ससम्मानका साथ अन्त्यष्टी गरिएको छ ।

गौतमलाई राष्ट्रिय सहिद घोषणा गरि सरकारले सहिद परिवारको एक जनालाई रोजगारी दिने, बच्चाहरुलाई उच्च शिक्षा सम्म अध्यापन गराउने, १० लाख तत्काल राहत दिने निर्णय गरेको छ । गौतमको नाममा अब पुनर्वास नगरपालिकाको नाम गोविन्द नगरपालिका बनाउन आफुले पहल सुरु गर्ने कञ्चनपुर जिल्लाका क्षेत्र नम्बर १ का सांसद दिवान सिंह बिष्टले बताएका छन । सहिदको सम्झनामा आनन्द बजारमा सहिदको शालिक बनाउन आफूले जोडदार पहल सुरु गर्ने राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष लोकेन्द्र लम्सालले बताए ।

पुनर्वासको सिमा सुरक्षाका निमित्त तत्काल काम सुरु गरि सहिद परिवारलाई हाल सरकारले तोकेको सेवा सुविधालाई बढाएर लैजानुपर्ने बताएका छन । गौतमको तेह्रौं पुन्यतिथिमा पुनर्वासको पैसठ्ठी बिगाहा क्षेत्रमा विविध कार्यक्रम गरि सहिदको सम्मानका निमित्त अन्य योजना गरिने तथा आगामी दिनमा पुनर्वासको सुरक्षाका निम्ति आनन्दबजारमा ससस्त्र प्रहरी बलको क्याप स्थापना गरिने यथासिघ्र सिमा छुट्याइने माओवादी केन्द्रका जिल्ला अध्यक्ष वीर बहादुर थापा ९पातल०ले जानकारी गराए ।

भारतसंग घटनाको उचित छानबिन गरि दोषी पहिचान भएर दोषीलाई कारबाही नभए सम्म पतिको आत्माले शान्ति नपाउने सहिद गौतमकी धर्मपत्नी लक्ष्मी गौतमले बताएकी छन । भारतको हेपाहा प्रवृति बन्द हुनुपर्ने र सिमा क्षेत्रमा नेपाली मारिने, लुटिने, कुटिने क्रम रोकिनु पर्ने सहिद पत्नीले बताएकी छन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

म राजनीतिमा रहुन्जेल उथलपुथल भइरहन्छ:प्रचण्ड

फागुन २१, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली राजनीति पुनः नयाँ मोडमा आइपुगेको भन्नुहुँदै आफू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन

माघ २६,काठमाडौँ   । न्याय सेवा आयोगको परीक्षा महाशाखाले  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन  गरेको 

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)