June 22, 2020

ग्रामीण पशुस्वास्थ्य कार्यकर्ताको क्षमता मापन हुनुपर्ने

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सोमबारको बैठकमा पशुपन्छी विज्ञहरुले ग्रामीण पशुस्वास्थ्य कार्यकर्ताको क्षमता मापन अनिवार्य हुनुपर्ने बताएका छन् । नेपालमा ग्रामीण पशुस्वास्थ्य कार्यकर्ताको सङ्ख्या झन्डै ५२ हजार छ ।

“पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०५५” ले ग्रामीण पशुस्वास्थ्य कार्यकर्ता हुन एसइई परीक्षा उत्तिर्ण र अनुमति प्राप्त शिक्षण संस्थाबाट कम्तीमा ३५ दिनको भेटेनरीसम्बन्धी तालीम लिएको हुनुपर्ने व्यवस्था छ ।

विज्ञहरुले पशु चिकित्सा सेवा सम्वेदनशील विषय भएकाले ग्रामीण पशुस्वास्थ्य कार्यकर्ताको क्षमता अभिवृद्धिमा सरकारले थप सहयोग गर्नुपर्ने वा नेपाल सरकारको भेटेनरी विषय विशेषज्ञको अनुमतिले कामको जिम्मेवारी सुम्पिनुपर्ने बताएका छन् ।

समितिका सभापति पूर्णकुमारी सुवेदीको सभापतित्वमा आज आयोजित बैठकमा पशुपन्छी विज्ञ नाराणप्रसाद घिमिरेले कानूनले ग्रामीण पशुस्वास्थ्य कार्यकर्तालाई असीमित अधिकार दिए पनि उनीहरुको क्षमता विकास गर्न थप सहयोगको व्यवस्था हुनुपर्ने सुझाव दिए ।

‘पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७६’ सम्बन्धमा सुझाव लिने अभिप्रायबाट आयोजित बैठकमा विज्ञ जनक रावलले अधिकारलाई कुण्ठित पार्न नहुने तर, ग्रामीण पशुस्वास्थ्य कार्यकर्तालाई ऐनको दायरामा ल्याउनुपर्ने र भेटेनरी चिकित्सकको सुपरिवेक्षणमा रहनुपर्ने व्यवस्था हुनुपर्ने सुझाव दिए।

बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुषालले विज्ञका रचनात्मक सुझावलाई सरकारले सकारात्मक रुपमा आत्मासाथ गर्दै अघि बढ्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने