खतिवडाको नेपालबाट बिदाईसँगै नेपाली पूजीबजारको कालो धब्बाको अन्त्य, सेयर बजारमा एकाएक बहार

असोज १६, काठमाडौं,  विहिवार बसेको मन्त्रिपरिषद्को वैठकले पुर्वअर्थमन्त्री युवराज खतिवडालाई चारवर्षका लागि अमेरिकाको लागि नेपाली राजदुत बनाउने निर्णय गरेपछि नेपाली शेयरबजार एकाएक उकालो लाग्यो ।  क्याबिनेट बैठकले हालै अर्थ मन्त्रीबाट राजीनामा दिएका तर प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा रहिरहेका युवराज खतिवडालाई चार वर्षका लागि नेपालबाटै बिदाई गर्ने निर्णय गरेको छ । पुँजी बजारलाई सँधै नकारात्मक रूपमा लिँदै आएका खतिवडा गभर्नर,योजना आयोगको उपाध्यक्ष,अर्थमन्त्री र प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त भएपछि सेयर बजार ओरालो लाग्दै आएको थियो ।,

उक्त समाचारलगत्तै नेप्से इण्डेक्स २०.६१ विन्दूले बढेर १५७१.०४ मा पुगेको छ । अस्तिको कारोबारपछि इण्डेक्स १५५०.४३ विन्दूमा कायम थियो ।

तर, नेपालमै नरहने गरी अमेरिकाको लागि राजदूतमा नियुक्त गर्ने निर्णयपछि एकाएक सेयर बजारमा बहार आएको हो । हिजो उक्त समाचारलगत्तै नेप्से इण्डेक्स २०.६१ विन्दूले बढेर १५७१.०४ मा पुगेको छ । अस्तिको कारोबारपछि इण्डेक्स १५५०.४३ विन्दूमा कायम थियो ।

जहाँ बसेपनि अर्थतन्त्रसँग जोडिएको विषयमा हस्तक्षेप गरेर पुँजी बजारलाई कमजोर बनाउने आरोप लाग्दै आएका खतिवडाको कारण लगानीकर्ता सशङ्कित बन्दै आएका थिए । तर,हिजो एक्कासी खतिवडा मुलुकबाटै डेरा सर्नेगरी अमेरिकाको राजदूतमा नियुक्त भएपछि लगानीकर्ता मध्यान्हदेखि नै हौसिएको तथ्यांकले देखाएको छ ।खतिवडाको नेपालबाट बिदाईसँगै नेपाली पूजीबजारको कालो धब्बाको अन्त्य हुने संकेत देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा