कालो चिया पिउनुको फाइदा के ?

 

संसारभर चियालाई विभिन्न तरिकाले बनाएर खाइन्छ । आफ्नो स्वाद अनुसार यसलाई छुट्टाछुट्टै तरिकाबाट बनाउन सकिन्छ । विशेष गरी मानिसहरु दुध चियाको स्वाद मन पराउँछन् । मानिसहरु दुध चियाभन्दा कम मात्रामा कालो चिया खाने गरेको पाइन्छ । त्यस्तै कालो चिया सेवन गर्दा यी रोगहरुबाट छुटकारा पाउनुका साथै निम्न फाइदाहरु हुन्छन् ।

१. मूटू
कालो चियाको सेवनले मुटुलाई धेरै फाइदा पु‍र्‍याउँछ । दैनिक एक कप कालो चिया पिउनाले तपाईको मुटु स्वस्थ राख्न मद्दत गर्छ । यसमा हुने फ्लेवेनायड्सले एलडिएल कोलेस्ट्रोल घटाउनुका साथै रगत जम्ने प्रक्रियालाई कम गराउन पनि सहायता गराउँछ ।

२. क्यान्सर
कालो चियालाई सधैँ आफ्नो डायटमा राख्न सक्यो भने यसले तपाईलाई प्रोस्टेट, ओभरियन र फोक्सोको क्यान्सरबाट टाढा राख्न मद्दत गर्छ । विशेषगरी महिलामा हुने स्तन क्यान्सरको सम्भावनालाई पनि यसले निकै कम गर्न सक्छ । मुखको क्यान्सरबाट जोगिन पनि हामीले कालो चियाको सेवन गर्न सक्छौँ ।

३. स्मरण शक्ति
दिमागको कोंशहरुलाइ स्वस्थ्य राख्न यसमा रक्क्तप्रवाह हुन अत्यन्त जरुरी मानिन्छ । त्यसकारण रगतको प्रवाह दिमागमा बढाउनका निम्ति कालो चिया निकै उपयोगी छ । दिनमा लगभग ४ कप कालो चिया पिउनाले तनाव कम हुनुका साथै स्मरण शक्ति पनि वृद्धि हुन्छ । यसले दिमागलाई पहिलेभन्दा सक्रिय र सर्तक बनाई सम्झने क्षमताको विकास गर्छ ।

४. पाचन
कालो चियामा हुने टेनिनले पाचनमा धेरै फाइदा गर्छ । ग्यासलाई मात्र नभएर यसले पाचन सम्बन्धी अन्य थुप्रै समस्याहरुको लागि लाभदायक छ ।

५. शक्ति वृद्धि 
यदि तपाईले दैनिक कालो चिया पिउनु भयो भने यसले तपाईलाई सक्रिय बनाउँछ र अधिक उर्जा महशुस गराउँछ ।

६. कोलेस्ट्रोल
तपाईको शरीरको कोलेस्ट्रोललाई नियन्त्रणमा राख्नका लागि कालो चिया निकै फाइदाजनक हुन्छ । यसले शरीरको मोटोपना पनि बिस्तारै कम गर्दै जाने हुनाले कोलेस्ट्रोल कम गर्न सजिलो हुनेछ । मेटाबोलिज्म प्रक्रिया बढाउने हुँदा यसले शरीरको तौल पनि कम गराउँछ ।

७. छाला
छालामा हुने संक्रमणलाई रोक्न कालो चियाले धेरै मद्दत गर्छ  र यसमा हुने एन्टिअक्सिडेन्टले विभिन्न क्यान्सरबाट पनि सुरक्षित राख्दछ । यसले चाउरीपना हटाउन समेत सहयोग गर्छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

 कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि