कक्षा ११ को परीक्षा तयारी पूरा

examination-boardकाठमाडौँ, ३० जेठ । राष्ट्रिय परीक्षा बोर्डले आगामी असार १ गतेदेखि हुने माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा कक्षा ११ तयारी पूरा गरेको छ ।परीक्षामा सम्बन्धन प्राप्त तीन हजार ७६५ विद्यालयका कुल चार लाख ४९ हजार ५४ परीक्षार्थीका लागि कुल ९९३ केन्द्र तोकिएका छन् । बोर्डले मंगलबार पत्रकारसम्मेलन गरी परीक्षालाई स्वच्छ, मर्यादित, अनुशासित, व्यवस्थित र विद्यार्थीमैत्री एवम् प्रभावकारी वातावरण निर्माणका लागि सबैमा आग्रह गरेको छ ।शिक्षा मन्त्रालयका सचिव एवम् बोर्डका कावा अध्यक्ष शान्तबहादुर श्रेष्ठले परीक्षा अवधिमा कुनै पनि दल र समूहबाट बन्द–हडतालका कार्यक्रम नगर्न आग्रह गरिएको र त्यस्तो अवस्था आएमा वैकल्पिक व्यवस्थाबाट परीक्षा दिन लगाइने बताए । उनले विगतको तुलनामा परीक्षा केन्द्र तर्जुमा र व्यवस्थापनमा सुधार भएको दाबी गरे ।

बोर्डका सदस्यसचिव डा डिल्लीराम रिमालले गत वर्षको कक्षा १२ को परीक्षामा प्रश्नपत्र नपुगेको लगायतका समस्याका कारण तत्कालीन परीक्षा नियन्त्रक सन्तोषकुमार अर्याललाई निलम्बनपछि भएको छानबिनको प्रतिवेदन प्राप्त भएको र बोर्ड बैठकले थप निर्णय हुने जानकारी दिए । छानबिनका लागि मन्त्रालयका सचिव डा हरि लम्सालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको थियो । अर्याललाई हटाइएपछि हाल उपसचिव डम्बरकुमार बतासलाई नियन्त्रकको जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा