April 28, 2017

उम्मेद्वारलाई विप्लव पार्टीले दियो कारवाही गर्ने यस्तो चेतावनी

बैशाख १५, काठमाडौं– स्थानीय तहको चुनाव खारेज गरौँ भन्ने नारासहित चुनाव बहिस्कारमा उत्रेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले उम्मेद्वारी नदिन चेतावनी दिएको छ । विप्लवका पार्टीका एक नेताले फेसवुक मार्फत यस्तो चेतावनी दिएका छन् ।

हिजोे साँझ र आज विहान गरी दुई वटा स्टाट्स लेखेर नेकपाका पोलिटव्यूरो सदस्य भरत बमले उम्मेद्वारको व्यक्तिगत जीवन हित नहुने चेतावनी दिएका छन् ।
आज बिहान उनले लेखेको स्टाट्समा भनिएको छ, ‘सामन्यताः देशभरी विशेषत : कथित ६ नम्वर प्रदेशका साथै विषेश रुपले कालिकोटका स्थानीय चुनावका उम्मेद्वारहरु कृपया कोही पनि उम्मेद्वारी नदिनुहोला । यसले राष्ट्र र जनताको त हित हुँदैन नै, तपाईंहरुको व्यक्तिगत जीवनको पनि हित हुँदैन । यसले नयाँ द्धन्द्ध ल्याउँनेछ र यसको कारण पुरानो सत्ता र तपाईंहरु ठहरिनु हुनेछ । अनि इतिहासले हिसाव गर्नेछ । त्यो हिसावमा आफ्नो हिस्सा लिन हामी तयार छौँ । तपाईंहरु पनि तयार हुनुहोला किनकि यो एक दिनको रमाइलो पक्कै होइन ।’

शुक्रवार विहान करिव पौने नौ बजेतिर यो स्टाटस लेख्नुपूर्व नेता बमले हिजोे राती लेखेको स्टाट्समा थियो, ‘अहिले स्थानीय चुनावमा भाग लिनेहरु मुख्य दोषी त हैनन्, तर उनलाईजहाँ हुन्छ, जति सकिन्छ, जसरी हुन्छ, जनकारवाही गर्नुपर्छ किनकि उनीहरुले मुख्य दोषी दलाल राज्य र शासकको अन्धाधुन्ध रक्षा गर्ने गंभी र अक्षम्य गल्ती गर्दैछन् ।’
विप्लव पार्टीका अर्का नेताले रातोपाटीसँगको कुराकानीमा भने, ‘हामीले सकेसम्म चुनाव विथोल्ने प्रयास गर्छौँ । त्यसमा सवै खालका गतिविधि आउँछन् ।’

Golden Oak

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने