उत्तेजक समाचारले कसैलाई अमर बनाउँदैन स् सञ्चारमन्त्री

ram-karkiकाठमाडौ, फागुन ७ । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले पत्रकारिता क्षेत्रले आफ्नो सत्यको धरातल छाड्न नहुने बताएका छन् । राष्ट्रिय समाचार समिति (रासस) को ५६ औं वार्षिकोत्सवका अवसरमा आयोजित समारोहमा उनले उत्तेजक समाचारले कसैलाई अमर बनाउँदैन भन्दै रासस र सरकारी स्वामित्वका अन्य माध्यमले सकारात्मक विषय निरन्तर पस्कन सक्ने भएकाले त्यस अर्थमा यी संस्थाको औचित्य र सान्दर्भिकता रहेको बताए । सहर र केन्द्रका मात्र नभई भित्री सहर र गाउँका समाचार ल्याउन पत्रकारलाई सुझाव दिँदै मन्त्री कार्कीले भने, “पार्टीहरुले आफ्नो सान्दर्भिकता जोगाइराख्न सत्यसँग तादात्म्य भइरहनुपर्छ र पत्रकारिताले पनि आफ्नो सत्यको धरातल छाड्नु हुँदैन । कुनै दल र समूहलाई खुसी पार्न सत्यलाई तोडफोड गर्ने पत्रकारको विश्वसनीयता हुँदैन ।” उनले आलोचनात्मक समाज निर्माण एवं योग्यता र असल काममा आधारित राजनीति स्थापित गर्न सही पत्रकारिताले भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।सार्वजनिक संस्थालाई बचाउन चुनौतीपूर्ण भएको जनाउँदै मन्त्री कार्कीले राससले आफ्नो पूँजीको सदुपयोग गर्दै राम्रा काम गर्ने जनशक्तिलाई उचित जिम्मेवारी दिन निर्देशन दिए । सांसद रामचन्द्र पोखरेलले राससका पत्रकारलाई अन्तर्रा्ष्ट्रियस्तरमा तालिम प्रशिक्षणको अवसर दिलाउन तथा संस्थाको बजेट वृद्धिको कार्ययोजना ल्याउन रासस व्यवस्थापनलाई सुझाव दिए । पोखरेल पूर्वराससकर्मी पनि हुन् । राससका अध्यक्ष कुलचन्द्र वाग्लेले सरकार, जनता र सेवाग्राहीबीचको सन्तुलन मिलाएर राससले आफ्नो सेवालाई क्रमशः विस्तार र आधुनिकीकरण गर्ने जानकारी दिए । सरकारका विभिन्न निकायमा खर्च नहुने अरबौँ बजेटको केही अंश मात्र राससलाई दिइए आफूहरु आत्मनिर्भर हुने दृढता व्यक्त गरे । उनले राससको समाचार प्रयोग गरेर स्रोत उल्लेख नगर्ने प्रवृत्ति निरुत्साहित हुनुपर्नेमा जोड दिए । प्रेस काउन्सिल नेपालका अध्यक्ष वोर्णबहादुर कार्कीले रासस नेपाली पत्रकारिताको जग र विश्वविद्यालय हो भन्दै यसको विकल्पमा अर्को कुनै संस्था देखा नपर्नुले राससले आफूलाई थप प्रतिस्पर्धी बनाउनुपर्ने जोड दिए । उनले भ्रमपूर्ण समाचार सम्प्रेषण गरेर जनतालाई दिग्भ्रमित गर्ने विकृति देखिएको समयमा जिम्मेवार मिडिया संस्थाको अगुवाइ राससले गर्न सकोस् भन्ने कामना गरे । रासस सञ्चालक समितिका सदस्य गङ्गाधर पराजुलीले राससलाई आत्मनिर्भर बनाई नयाँ शैलीका समाचार प्रस्तुत गर्न सकेमा निजी क्षेत्रसँग प्रतिस्पर्धा गरी संस्थाको रुपान्तरण गर्न सकिने बताए । राससका नायबमहाप्रबन्धक सुरेन्द्रबहादुर नेपालीले राससले सूचना र निरन्तर शिक्षाका क्षेत्रमा अझै धेरै गर्न बाँकी रहेको जनाउँदै प्रतिलिपि अधिकार र बौद्धिक सम्पतिको अधिकारको उपभोग गर्न रासस अग्रसर हुनुपर्ने बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासङ्घ, रासस शाखाका अध्यक्ष विष्णुप्रसाद नेपाल, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, राससका अध्यक्ष प्रेमप्रसाद उपाध्याय, रासस कर्मचारी सङ्घका अध्यक्ष मनोजकुमार लामिछाने र रासस कर्मचारी कर्मचारी युनियनका अध्यक्ष कालिका खड्काले वार्षिकोत्सवका अवसरमा शुभकामना दिँदै संस्थाको गुणस्तर सुधार र कर्मचारीको हक हितका विषयमा ध्यानाककर्षण गराउनुभएको थियो । समारोहको सञ्चालन राससका प्रमुख समाचारदाता सूर्यचन्द्र बस्नेतले गर्नुभएको थियो । राज्यको समाचार समितिका रुपमा विसं। २०१८ फागुन ७ मा स्थापित राससमा हाल कुल १९८ सञ्चार माध्यम ग्राहक छन् । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

कुम्भ मेलाले धार्मिक पर्यटक बढाएको छ : सभामुख घिमिरे

 वैशाख २३ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सुनसरीको चतरामा लागेको महाकुम्भ भेलाले आन्तरिक तथा बाहय

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए