आयो एड्स भन्दा खतरनाक ‘सेक्सद्धारा लाग्ने सुपरबग’ रोग !

superbag-768x397

यदी तपाई सुरक्षित सेक्स गर्नु हुँदैन भने अब तपाई जोखिममा पर्न सक्नु हुन्छ । अर्थात् एड्ससहित यौन रोगका अन्य जोखिमहरु त यसअघि बाटै थिए नै अब सेक्सकै कारण अर्को गम्भीर खतरा समेत विश्वमा भित्रिएको तथ्य पत्ता लागेको छ । संयुक्त राज्य अमेरिकाको तटीयमुलुक ‘हवाई’मा ‘सेक्स सुपरबग’ नामक एक खतरनाक जीवाणुको दुईवटा मामिला बाहिर आएको छ । जसले विश्वभरका चिकित्सकलाई चिन्तित बनाएको छ ।हवाईका स्वास्थ्य विभाग अधिकारीहरुले ‘सुपरबग’ एड्स फैलाउने जीवाणु ‘एचआईभी’ भन्दा पनि खतरनाक भएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

सुपरबगको पहिलो पहिचान वर्ष सन् २०११ मा जापानमा भएको थियो । यसपछि यो हवाईमा फैलिएको थियो । अहिले भने क्यालिफोर्निया र नर्वेतिर पनि यसको संक्रमण फैलिन सुरु भएको अनुमान गरिएको छ । हवाईमा पहिलो पटक सन् २०११ मा सेक्स सुपरबगको मामिला एक युवतीमा भेटिएको थियो । हवाईका चिकित्सकहरुले पूरा देशभरी यसबाट सुरक्षित रहन सल्लाह दिएका छन् । चिकित्सकहरुले सुपरबगबाट विशेष सचेत रहन आग्रह गर्दै यसको जीवाणु धेरै आक्रामक भएको बताएका छन् ।

यो द्रुत गतिमा फैलिने र कम समयमा नै असर देखाउने खालको भएको चिकित्सकहरुको भनाई छ । विशेषज्ञहरुले सदैव सुरक्षित सेक्स गरेको खण्डमा यसबाट जोगिन सक्ने जनाएका छन् । जीवाणु देखिएको मुलुक हवाईमा कोहीसँग पनि नयाँ सम्बन्ध बनाउनुअघि पहिले आफ्नो ‘पाटर्नर’को शारीरिक जाँच गराउन सल्लाह दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

 कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि