१३ असार, एजेन्सी । विश्वकप फुटवल आयोजना गर्ने जिम्मेबारी लिन कतारले आर्थिक चलखेल गरेको दाबी सहितको प्रतिवेदन सार्वजनिक भएको छ । जर्मनीको बिल्ड नामक पत्रिकाले सन् दुई हजार बाइसको विश्वकप आयोजक राष्ट्र छनोटका क्रममा आर्थिक चलखेल भएको दावि सहित प्रतिवेदन सार्वजनिक गरेको हो ।
फिफाका पूर्व छानविनकर्ता माइकल गार्सियाले तयार गरिएको भनिएको प्रतिवेदनमा कतारलाई विश्वकप फुटबल आयोजना गर्न दिँदा भएको मतदानपूर्व कतारी अधिकारीहरुले फिफा पदाधिकारीलाई घुस दिएको उल्लेख गरिएको छ ।
प्रतिवेदनमा फिफाका एक उच्च अधिकारीकी छोरीलाई कतारी अफिसियलहरुले २० लाख अमेरिकी डलर घुस दिएको दाबी गरिएको छ ।