मुख्य खबर

नागरिकमा निराशा फैल्याउने तत्व सक्रिय भइरहेको छः प्रधानमन्त्री

  माघ २८, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी भित्रिन नदिन ‘नेपाली लगानी सम्मेलन’ भाँड्ने तत्वहरु सक्रिय भइरहेको दाबी गरेका छन् । सोमबार गृह मन्त्रालयमा आयोजित प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा बोल्दै प्रम ओलीले स्वार्थी तत्वहरुले जनतामा निराशा फैलाउने प्रयास गरिरहेको उल्लेख गर्दै सबैलाई सचेत रहन आग्रह गरे । प्रधानमन्त्री ओलीले जनताको अपेक्षाअनुसार […]

पार्टी सभापति बन्न तयार छु : गगन थापा

माघ २७, काठमाडौँ : नेपाली कांग्रेसका युवा नेता गगन थापाले पार्टी अगाडी बढाउन नयाँ पुस्ताको नेतृत्व आवश्यक पर्ने बताएका छन् । आइतबार बिहान गोरखा सदरमुकाममा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै गगन थापाले पहिलो पुस्ताले अहिलेसम्म पार्टीको इतिहास भजाएर मात्र काम चलाएकाले नयाँ इतिहास रच्न नयाँ पुस्ताको खाँचो रहेको दाबी गरे । ‘नेपाली कांग्रेसको नयाँ पुस्ताको नयाँ […]

३३ किलो सुन तस्करी प्रकरण: ८ जनालाई थुनामै राख्न उच्च अदालतको आदेश

  बिराटनगर, माघ २५ । चर्चित साढे ३३ किलो सुन तस्करी एवम् मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा सम्लग्न रहेका भनिएका भुजुङ गुरुङ सहित ८ जनालाई उच्च अदालत बिराटनगरले थुनामा राख्ने आदेश दिएको छ । उच्च अदालतले जिल्ला अदालत मोरङको आदेशलाई सदर गर्दे थुनामा रहेकाहरुलाई थुनामै राख्ने आदेश दिएको हो । थुनामा रहेका ८ जनाले उच्च […]

मन्त्रीमन्डलको २५ निर्णय सार्वजनिक , यस्ता छन् निर्णयहरु

   माघ २४  काठमाडौँ, २४ माघ । सरकारले एकैपटक २५ वटा निर्णय गरेको छ । गएको सोमबार बसेको बैठकले मेची–महाकाली विद्युतीय रेलमार्गमा पूरै जग्गा परेका जग्गाधनीलाई ७५ प्रतिशत क्षतिपूर्ति उपलब्ध गराउनेदेखि, कर्मचारी समायोजन, राष्ट्रिय वन नीति, २०७५ स्वीकृत लगायत विविध निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले रेलमार्गमा पूरै जग्गा परेका जग्गाधनीलाई ७५ प्रतिशत, सोभन्दा कम […]

सिन्धुलीमा जीप दुर्घटना हुँदा चारको मृत्यु, मृतकको संख्या बढ्नसक्ने

मध्यपहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिकामा बोलेरो जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । फिक्कल गाउँपालिका–२ चण्डीभञ्ज्याङमा बा १५प ९४२२ नम्बरको जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु हुनुका साथै अन्य यात्रु गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।   जीपमा ८ भन्दा बढीले यात्रा गरिरहेको प्रारम्भिक जानकारी आएको छ […]

प्रदेशसभामा खरो उत्रियो प्रतिपक्षी, डीआईजीको कार्यशैलीमाथि सदनमा प्रश्न

प्रदेश–१ प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक (डीआईजी) केदार रिजालको कार्यशैलीमाथि प्रदेश सभामा प्रश्न उठेको छ ।  प्रदेश–१ को हिउँदे अधिवेशनअन्तर्गतको पहिलो विद्येयक बैठकमा सांसदकातर्फबाट रिजालको कार्यशैलीमाथि प्रश्न उठाइएको हो । प्रमुख विपक्षी काँग्रेस सचेतक सूयर्माराज राईले डीआईजीको कार्यशैली र सांसदलाई प्रयोग गर्ने भाषा आपत्तीजनक भएको सदनलाई जानकारी गराए । उनले भने, ‘‘प्राकृतिक साधनको अनधिकृत उत्खनन् […]

सरकारविरुद्ध आन्तरिक विषयमा छलफल गर्न कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

२३ माघ  : सरकारविरुद्ध थप कार्यक्रम र आन्तरिक विषयमा छलफल गर्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ । उपसभापति विमलेन्द्र निधिले सरकारी कदमको विरोध कुन शैलीमा अघि बढाउने भन्नेबारे छलफल हुने बताए । बैठकमा पुसमा सम्पन्न महासमितिले पारित गरेको पार्टी विधान, राजनीतिक र आर्थिक प्रस्ताव परिमार्जनसहित टुंग्याउने विषयमा पनि छलफलको तयारी छ ।  महासमिति बैठकले […]

निरंकुश र सर्वसत्तावादी सरकारले जनताको विश्वास गुमाइसक्यो : कांग्रेस

माघ २३, काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले वर्तमान सरकार निरंकुश र सर्वसत्तावादी भएको बताउँदै जनताको आशा र विश्वास गुमाइसकेको बताएको छ । देशव्यापी जनप्रदर्शनको भोलिपल्ट कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ–देशका ७७ वटै जिल्ला सदरमुकाममा वर्तमान कम्युनिष्ट सरकारको जनविरोधी र अलोकतान्त्रिक क्रियाकलापबाट आजि भएका जनताहरुको स्वतःस्फुर्त अपार सहभागिताबाट […]

नेविसंघ अध्यक्ष महरसहित ६ जना पक्राउ

 माघ २२ , काठमाडौं : सरकारविरुद्ध प्रदर्शन गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्ष नैनसिंह महर पक्राउ परेका छन् । उनलाई मंगलबार दिउँसो मीनभवन अगाडि नेविसंघले गरिरहेको सरकारविरुद्धको प्रदर्शनका क्रममा प्रहरीले पक्राउ गरेको हो ।  पोखरामा झुटो मुद्दा लगाएर थुनामा राखिएका विद्यार्थी नेताहरुलाई विना सर्त रिहाइको माग […]

‘सरकार फस्ने भएपछि वाइडबडीमा जोड्यो देउवाको नाम’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले सरकारले आफ्ना मान्छे फस्ने भएपछि वाइडबडी प्रकरणमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको नाम मुछेको दाबी गरेका छन् । सरकारविरुद्ध नुवाकोटमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेता केसीले आफ्ना मान्छेलाई जोगाउन सरकारले कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री देउवाको नाम मुछेको दाबी गरेका हुन् ।   ‘‘सरकारले वाइडबडी काण्डमा आफ्ना धेरै जसो […]

 

photo

NOC1-250x300