मुख्य खबर

प्रधानमन्त्रीद्धारा मन्त्रिमण्डल विस्तार

काठमाडौं, जेठ २७: प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन्। विहिबार सपथ खाने नयाँ थपिएका मन्त्रीहरुमा गृहमन्त्रीमा खगराज अधिकारी, सञ्चारमा नैनकला थापा, वनमा नारदमुनि राना, कृषिमन्त्रीमा ज्वालाकुमारी शाह,  उद्योगमा राजकिशोर यादव, सामान्य प्रशासनमा गणेश पहाडी, रक्षामन्त्रालय प्रधानमन्त्री आफैँ, प्रधानमन्त्री कार्यालय रहने गरी मोहन बाँनिया र वन राज्यमन्त्रीमा आशा विक रहेका छन्। पछिल्लो पटक जेठ २१ गतेपनि […]

संवैधानिक इजलास स्थगित, प्रधानन्यायाधीश विरामी

 २०७८ जेठ २४,काठमाडौं । प्रतिनिधिसभा विघटन र संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनको माग गर्दै परेका रिटमाथि सुनुवाइ गर्न गठित संवैधानिक इजलासको विवाद चलिरहेका बेला आज इजलास नबस्ने भएको छ । शेरवहादुर देउवासहितका रिट निवेदकको मुद्दाको सुनुवाइ आज स्थगित भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा विरामी परेका कारण आज संवैधानिक इजलास […]

नवनियुक्त मन्त्रीहरूद्वारा पद तथा गाेपनीयताकाे सपथ

काठमाडौं, जेठ २१ गते । प्रधानमन्त्री के.पी. शर्मा ओलीले मौजुदा मन्त्रिपरिषद्मा हेरफेर तथा कार्यविभाजन गर्नुभएको छ । नवनियुक्त उपप्रधानमन्त्री तथा मन्त्रीहरूले शुक्रबार साँझ नै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष उपप्रधानमन्त्री तथा मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेका अनुसार, तीन उपप्रधानमन्त्री, ११ मन्त्री र दुई राज्यमन्त्री हुनुहुन्छ । मन्त्रिपरिषद् तथा […]

खाद्यान्न र ग्यासमा २० प्रतिशत छुट

काठमाडौँ, जेठ २१ गते । निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले बिक्री वितरण गर्ने खाद्यान्न र खाना पकाउने ग्यासमा शुक्रबारबाट २० प्रतिशत छुट दिने भएका छन् । सरकारले उपभोक्तालाई राहत दिन आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेटमार्फत सो व्यवस्था गरेकामा उक्त व्यवस्था शुक्रबारबाट लागू गरिने भएको हो । नयाँ व्यवस्था कार्यान्वयनको विषयमा बिहीबार अर्थ […]

सङ्क्रमण घटाउन निषेधाज्ञा प्रभावकारी

काठमाडौँ, जेठ २० गते । कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि काठमाडौँ उपत्यकामा निषेधाज्ञा लागू भएको एक महिनाभन्दा बढी भइसकेको छ । सङ्क्रमणको साङ्लो तोड्न लगाइएको निषेधाज्ञाको प्रभाव सकारात्मक परेको देखिएको छ । निषेधाज्ञा लागू भएको अघिल्लो दिन अर्थात् वैशाख १५ गते काठमाडौँ उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा दुई हजार ४७ जनामा सङ्क्रमण पुष्टि […]

एसईई आन्तरिक मूल्याङ्कनबाटै

काठमाडौँ, जेठ १८ गते । यस वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई) विद्यालयको आन्तरिक मूल्याङ्कनबाटै हुने भएको छ । कक्षा १२ को परीक्षा पनि वैकल्पिक विधिको माध्यमबाट हुनेछ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले एसईई विद्यालयको आन्तरिक मूल्याङ्कनबाटै हुने भएपछि गृहकार्यसमेत त्यसैगरी अगाडि बढेको जानकारी दिनुभयो । एसईई विद्यालयमै जिम्मा दिने निर्णय […]

१६ खर्ब ४७ अर्ब ५७ करोड रुपियाँको बजेट प्रस्तुत (पूर्णपाठ सहित)

काठमाडौं, जेठ १५ गते । सरकारले यस आर्थिक वर्षका लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपियाँको बजेट प्रस्तुत गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो बजेट शनिबार प्रस्तुत गर्नुभयो । अर्थमन्त्री पौडेलकाअनुसार संघीय सरकारले खर्च गर्ने चालु खर्च तर्फ ६ खर्ब ७८ अर्व ६१ करोड रुपियाँ विनियोजन गरेको छ । यो कुल बजेटको ४१.२ प्रतिशत […]

आज बजेट सार्वजनिक हुने

काठमाडौँ, जेठ १५ गते । सरकारले कोरोना (कोभिड–१९) सङ्क्रमण नियन्त्रण र आर्थिक पुनरुत्थानमा केन्द्रित रहेर शनिबार आगामी आर्थिक वर्ष २०७८/७९ को वार्षिक अनुमानित आय–व्यय विवरण (बजेट) सार्वजनिक गर्दैछ । संवैधानिक व्यवस्थाअनुसार जेठ १५ मै बजेट सार्वजनिक गर्नुपर्ने भएकाले सोहीअनुसार शनिबार सार्वजनिक हुन लागेको हो । प्रतिनिधि सभा भङ्ग रहेको अहिलेको अवस्थामा अध्यादेशमार्फत बजेट ल्याइँदैछ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार दिउँसो […]

उपत्यकामा आजदेखि निषेधाज्ञामा थप कडाइ

काठमाडौँ, जेठ १४ गते । काठमाडौँ उपत्यकामा कोभिड–१९ सङ्क्रमण महामारी नियन्त्रण तथा व्यवस्थापनका लागि जारी निषेधाज्ञा शुक्रबारदेखि थप प्रभावकारी बनाइने अधिकारीहरूले बताएका छन् । हालै जारी भएको कोभिड–१९ सङ्कट व्यवस्थापनसम्बन्धी अध्यादेशबमोजिम निषेधाज्ञा उल्लङ्घन गर्ने व्यक्तिलाई शुक्रबारदेखि नगद जरिवाना तथा कैद सजाय हुने उपत्यकाका जिल्ला प्रशासन कार्यालयले जानकारी दिएका छन् । यसका लागि उपत्यकाका तीनवटै जिल्लाका प्रशासन […]

चक्रवात ‘यास’को प्रभाव : अबको तीन दिन उच्च सावधानी अपनाउन अनुरोध

काठमाडौँ, जेठ १३ गते । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन शुरु हुनुअघि नै धेरै पानी परी बाढी र पहिरोको जोखिम हुने भएकाले अबको तीन दिन उच्च सतर्क रहन आम समुदायमा अनुरोध गरेको छ । पश्चिम बङ्गालको खाडीमा विकसित भएको चक्रवात ‘यास’का कारण आज जेठ १३ गतेदेखि १५ गतेसम्म देशका धेरैजसो भागमा पानी पर्ने […]

 

photo

NOC1-250x300