राती काम गर्नुहुन्छ ? स्वास्थ्यमा पर्न सक्छ यी असरहरु

हाम्रो जीवनशैलीसँगै हाम्रो काम गने तरिकामा पनि तिब्र गतिले परिवर्तन आइरहेको छ । यो दौडधूप र प्रतिस्पर्धाको समयमा मानिसले आफुलाई भीडसँगै उभ्याउनका लागि प्रकृतिको नियमलाई तोडेर अघि बढिरहेका छन् । दिन काम गर्नका लागि र रात शरीरलाई आराम दिने प्रकृतिको नियमबाट बाहिर रहेर अहिले मानिसले दुवै समयलाई आफु अनुकूल बनाएका छन् ।

night-duty-768x399

रात्री ड्युटी दिनको तुलनामा निकै छोटो हुन्छ । त्यसकारण मानिसहरु रात्री शिफ्टमा काम गर्न कुनै अप्ठ्यारो मान्दैनन् । तर यो स्वास्थको दृष्टिकोणले त्यतिकै हानिकारक हुन्छ ।

वासिङटन स्टेट विश्वविद्यालयको शोधले रात्री सिफ्टमा काम गर्ने मानिसहरुमा मुटु सम्बन्धि बिरामी र क्यान्सरको सम्भावना बढ्ने बताइएको छ । शोधकर्ताहरुको अनुसार यसको सबैभन्दा नराम्रो असर मानिसको पाचन प्रणालीमा पर्छ । शरीरलाई आराम चाहिएको समयमा यदि हामी बसेर काम गरिरहेका छौं वा खाइरहेका छौं भने यसले मधुमेह र मोटोपनाको सम्भावना बढाउँछ ।

रातको समयमा काम गर्नाले मस्तिष्कलाई पर्याप्त आराम पुग्दैन । यो पछि गएर मस्तिष्कघातको कारण पनि बन्न सक्छ । यदि तपाई पाँच वर्षभन्दा धेरै रात्री शिफ्टमा काम गर्दै हुनुहुन्छ भने तपाईको मस्तिष्क सामान्यको तुलनामा ६.५ वर्ष धेरै बुढो हुनसक्छ । यसले त्यस्ता मानिसको सोच्ने, सम्झिने क्षमतालाई कमजोर बनाउँछ ।

मानिसको मस्तिष्कमा केही हजार यस्ता कोशिकाहरु हुन्छन् जहाँ हाम्रो शरीरको मुख्य जैविक घडी हुन्छ । त्यस्ता जैविक घडीले मानिसलाई कहिले सुत्ने, कहिले उठ्ने, खाना पचाउनका लागि कलेजोलाई कहिले इन्जाइम उत्सज{न गराउने जस्तो कुराहरु निर्धारण गर्छ । जैविक घडीले मुटुको धड्कनलाई पनि नियन्त्रण गर्छ । रातको समयमा काम गर्ने मानिसको हकमा यो घडीले ठीकसँग काम गर्न सक्दैन । यसको परिणामस्वरुप गम्भिर विमारीहरुको खतरा बढ्न सक्छ ।

यदि तपाईको समय दिनमा अनुकूल छैन र रात अलावा अन्य विकल्प छैन भने यी कुराहरु ध्यानमा राख्नु होस् ।

दिनमा सुत्ने समयमा पर्याप्त अँध्यारो राख्नुहोस् ।

सुत्नका लागि शान्त स्थान खोज्नुहोस् ।

राती ड्युटी जान अघि एक घण्टा छोटो सुत्ने समय लिनुहोस् ।

राती काम गर्दा चक्लेट, जंकफुडको सट्टा सलाद वा फल सेवन गर्नुहोस् ।

राती काम गर्दा चिया, कफि वा चिसो पेय पदार्थ लिनबाट बच्नुहोस् ।

ड्युटी सकेर बिहान घर पुगेपछि खाली पेट नसुत्नुहोस् ।

निद्रा आएन भने मद्यपान वा औषधीको सेवन नगर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

 कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि