यस्ता छन् सहबास बारे १० भ्रम

सेक्स अर्थात यौन जीवनको श्रोत नै हो भन्दा पनि फरक पर्दैन । किन भने सबै प्राणीको जन्मको कारण यौन सम्बन्धकै हुन्छ । तर यहि यौन हाम्रो समाजमा यति साँधुरो विषय बनेको छ कि यौनका विषयमा ब्याप्त गलत अवधारणाका कारण मानिसहरुले यौन जीवनको आनन्द लिन सकिरहेका हुँदैनन् ।

ssshh

यहाँ समाजमा ब्याप्त यौन बारेका गलत मिथकको चर्चा गरिएको छ जसलाई तोड्न सके यौन जीवन सहज हुनसक्छ । यौनका विषयमा विभिन्न मिथकहरु छन् । यौनलाई अध्यात्मिक जीवनहुँदै परमात्मासँग जोड्ने देखि केवल बेडरुमको मस्तिमा सीमित गर्नेहरुको कमि छैन ।

१. के सँधै यौनिक क्रियाकलाप सधै पुरुषले शुरु गर्नु पर्छ, महिलाले ग्रहण मात्र गर्ने हो ?

सामान्यतया कुनै पनि स्त्रीसँगको सहवासमा पुरुषले नै यौनिक क्रियाकलाप शुरु गर्नु पर्ने ठानिन्छ । तर वास्तवमा पुरुषहरु सँधै आफूले नै शुरु गर्नु पर्छ भन्ने ठान्दैनन् बरु त्यस्तो गर्दा गर्दा वाक्क भैसकेका हुन सक्छन् । अझ सधै यस्तो नै रह्यो भने सेक्स एउटा भारी जस्तो बन्न पुग्छ ।
कुनै पनि स्त्रीले आफूसँग रोमन्टिक बनेको र यौनका लागि प्रोत्साहित गरेको पुरुषहरुलाई मन पर्छ । त्यसकारण यौन जीवन जिवन्त राख्न महिलाहरुले आफूलाई इच्छा लागेको समयमा खुल्लारुपमा यौनिक क्रियाकलापमा सक्रिय हुनु पर्छ ताकि पुरुषलाई अनुभव भैरहेको दिक्कपना हटोस् । स्वस्थ यौन जीवनमा जहिले पनि महिला र पुरुषले यौन तृप्तीका लागि आवश्यक एकअर्काका चाहाना र इच्छा खुलारुपमा एक अर्कासँग बाँढ्नु पर्छ ।

२. सेक्समा सक्रियता नै यौनिकताको राज हामी सबै यौनिक छौं ।

हामीसँग सेक्स पार्टनर भएपनि नभएपनि जीवनभर हाम्रो यौनिकता कायम रहन्छ । हामीसँग यौनिक कल्पना र इच्छाहरु पनि हुन्छन् यद्यपी ति सबैकुराको प्रत्यक्ष अनुभव हामी हाम्रो जीवनमा नगरेका पनि हुन सक्छौं ।
कतिपय मानिस आफ्नो यौनिकता लुकाउन खोज्दा सारै कुण्ठित भैरहेका हुन्छन् । स्वस्थ सेक्स जीवनका लागि तपाइँले आफ्नो यौनिकतालाई स्वीकार गर्नु र आफ्नो यौन जीवनबारे एउटा धारणा बनाउनु नै उत्तम हुन्छ । सकेसम्म सेक्सी बन्नुस् सेक्सी देखिने कपडा लगाउनुस् । प्रत्येक ब्यक्तित्व सेक्सी र यौनिक हुन्छ । त्यसलाई अभिब्यक्त गर्न मात्र जान्नु पर्छ ।

३. के सेक्स शारीरिक कुरा मात्र हो ?

हामी मध्ये अधिकाँशलाई लाग्छ यौन शारीरिक विषय हो । तर यो पनि एउटा यस्तो मिथक हो जसको पहेली बुझ्न सके यौन जीवनलाई थप आनन्ददायक बनाउन सकिन्छ । कतिपय मान्छेहरु बक्षस्थलको आकार, लिङ्गको लम्बाइ, योनीको गहिराइ वा समग्र शरीरको ढाँचासँग यौनलाई जोडछन् ।
तर वास्ताविकता के हो भने जुन जोडीले यौन सम्बन्धलाई शारीरिकता भन्दा माथि पु¥याउन सक्छन् उनीहरुले मात्र यौनको आनन्दलाई सजिव राख्न सक्छन् । किन भने यौनिक क्रियाकलापमा पनि तपाइँको भावना वा विचार प्रदान हुन्छ । यौन सम्बन्ध कस्तो मानसिक अवस्थामा गर्नु भएको छ वा के सोँचिरहनु भएको छ भन्ने कुराले यौन आनन्दको स्तर निर्धारण गर्छ । सेक्स शारीरिक विषय मात्र होइन यो मानसिक र शारीरिक दुवै कुराको मिश्रण हो ।

४. सुन्दरता र सेक्स

अधिकाँश मानिस शारीरिक सुन्दरताले सेक्सको इच्छा जगाउने बताउँछन् । तर कसलाई को र के सुन्दर लाग्ने भन्ने कुरा नितान्त ब्यक्तिगत कुरा हो अर्थात ब्यक्तिपिच्छे यो फरक हुन्छ ।
सन्तुष्टीदायक यौन सम्बन्धसँग शारीरिक सुन्दरताको खासै साइनो छैन ।

५. सुरक्षित यौन सम्बन्धको भुमिकाः

यौन सम्बन्धमा सुरक्षाका उपायको पनि महत्वपूर्ण भुमिका छ । कतिपय मानिस कण्डोमको प्रयोग झन्झटिलो मात्र होइन सन्तुष्टीको बाधक नै भएको ठान्छन् । तर वास्तविकता त्यस्तो होइन ।
यौन सम्बन्ध बनाइरहँदा तपाइँ सुरक्षित महसुस् गर्नु हुन्छ भने कण्डोमको प्रयोगले सुन्तुष्टी घटाउँदैन बरु बढाउँछ । यौन सम्पर्क बनाइरहँदा हुन सक्ने गर्भधारण वा अन्य चिन्ता कण्डोम लगायतका साधनले घटाउँछन् जसको अर्थ आनन्द स्वतः बढ्छ ।

६. सेक्सका कुराः

कतिपय अवस्थामा आफूलाई प्रयोग गर्न मन लागेको आसन वा नयाँ तरिकाबारे भन्न नजान्ने हो भने सेक्स पार्टनर भड्किने मात्र होइन यौन जीवन नै विग्रन पनि सक्छ ।
तर यदि तपाइँलाई कुनै नयाँ तरिका अपनाएर सेक्स गर्न मन लागेको छ भने त्यसको बारेमा पार्टनरसँग खुलेर कुरा गर्नुस् ताकि यो प्रयोगमा उसको पनि स्वामित्व अनुभव होस् ।

७. के यौन सम्बन्धले आपसी प्रेम स्वतः बढाउँछ ?

यौन र प्रेम एकअर्काका परिपुरक जस्तै हुन् । अधिकाँश जोडीहरु यौन सम्बन्धले आपसी प्रेम पनि बढाएको अनुभव सुनाउँछन् । यद्यपी यौन सम्बन्धले मात्र आपसी प्रेम र सदभाव बढाउने भने होइन ।
कतिपय अवस्थामा जोडीको एक अर्काप्रतिको नकारात्मक भाव, इगो लगायतका कुराबीचमा आइदिन्छन् । तर त्यसलाई पनि रचनात्मक ब्यवहार अपनाउन सक्यो भने सहजिकरण गर्न सकिन्छ ।

८. चलचित्रमा देखाउने सेक्स र वास्तविक जीवनको सेक्सः

कतिपय मानिस जीवनमा हुने यौन सम्बन्ध पनि चलचित्र या उपन्यासमा देखाइको जस्तै हुने यौन कल्पना गर्छन् र जीवनमा पनि यौन त्यस्तै आदर्शपूर्ण हुने ठान्छन् ।
तर जव वास्तविक यौन जीवनमा प्रवेश गर्छन् उनीहरु निराश हुन्छन् । वास्तविक जीवनमा विभिन्न कुराहरु यौन क्रियाकलापमा अपेक्षकृत सन्तुष्टी नदिने कारक बन्न सक्छन् । यौन क्रियाकलाप गरिरहँदा सम्झिएको काम, तनाव, फोन, बच्चाको रुहाई लगायतका कुरा समेत यौनानन्दमा बाधक बन्न सक्छन् ।

९. यौन सम्बन्ध यत्तिकै आनन्दपूर्ण बन्दैन

अधिकाँश मानिसहरु यौनलाई सधै उस्तै गरी बुझ्छन् । अर्थात सधै उसैगरी यौन ब्यवहार प्रदर्शन गर्छन् । तर सधै उस्तै तरिका अपनाउँदा यौनिक आनन्द घट्दै जान्छ । स्वस्थ यौन जीवनका लागि आफ्नो पार्टनरसँग खुलेर कुरा गर्नु, उसलाई के गर्दा सबैभन्दा बढी आनन्द आउँछ भनेर असहज नमानि सोध्नु र आनन्द आउने कुरालाई बढावा दिनु अत्यावश्यक हुन्छ । खासगरी पार्टनरलाई मनपर्ने क्रियाकलाप दोहो¥याएर गर्नु र नयाँ नयाँ यौनिक विधीहरुको प्रयोग पनि यौन जीवनमा अपरिहार्य हुन्छ ।

१०. दिमागमा सेक्सको कुरा मात्र खेल्छ ?

मानिसमा उमेर अनुसार अत्याधिक यौनिकता र कम यौनिकताको स्वतः प्रदर्शन हुन्छ । सेक्सको बारेमा सोंच आइरहनु एकदम स्वभाविक कुरा हो । सेक्स उर्जाको अर्कोरुप पनि भएका कारण सेक्सको विषयमा कल्पना गर्नु नराम्रो कुरा होइन ।
सेक्स सम्बन्धी सोंच घातक मानिदैन । तर तपाइँलाई सेक्सकोमात्र बिचार आइराख्छ अन्य विचारलाई पनि सेक्सको विचारले नै थिच्छ भने त्यसलाई चाँहि सामान्य मान्न मिल्दैन । जीवनभर यौनिक विचार भने प्रदान नै रहने भएका कारण यौनबारे सोंच्दा अपराध बोध गर्नु जरुरी छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

 कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि