यसरी हुन्छ पाँच दिनमा अभूतपूर्व नयाँ जीवन !

 1n

हामी सफलताका लागि भौंतारिइरहेका छौं । सफल व्यक्तित्व विकासका लागि दौडधुप गरिरहेका छौं । तर हामीले खोजेका कुराहरु धेरै टाढा छैनन् । यो हाम्रो आनीबानी र जीवनशैलीसँगै छ । मात्र हामी कस्तुरी बनेर बासनाको खोजीमा भौंतारिइरहेका छौं । कसैले श्री रवि शंकरलाई सोधे– ‘हाम्रो व्यक्तित्व कसरी विकास गर्ने ?’

श्री रवि शंकरले यसरी जवाफ दिएको यो जवाफले तपाईलाई पनि बदल्न सक्छ । आउनुहोस्, केवल पाँच दिन अभ्यास गरौं ।

व्यक्तित्व विकासको लागि तपाईंले मात्र पाँच दिन बिताउनुपर्छ । यी पाँच दिनका पाँच अभ्यासले तपाईंको जीवन निश्चय नै फुल्ने छ, खुल्ने छ ।

तपाईंको व्यक्तित्व विकास गराउने ती पाँच अनुभूवहरु यस्ता छन्, जसलाई तपाईंले ध्यानपूर्वक खेल्नुपर्दछ ।

१. तपाईंको लागि मैले सिफारिस गर्ने पहिलो भूमिका हो, विद्यालयको शिक्षक/शिक्षिका ।

सिकाउन गाह्रो हुने बालबालिकालाई सिकाउनुहोस्, जहाँ तपाईंलाई धैर्यताको जरुरत पर्दछ । नर्सरी वा प्राथमिक शिक्षक/शिक्षिका बनेर एक दिनलाई भनेपनि पढाउँदा कति धैर्यता बढ्दछ, तपाईंले एक दिनमै थाहा पाउनुहुनेछ ।

२. एक दिनको लागि माली अथवा किसान बन्नुहोस्

तपाईं बिउ छर्दै हुनुहन्छ अथवा बिरुवामा सिंचाई गर्दैहुनुहुन्छ ? तपाईंले यहाँ पानी, पृथ्वी र वातावरण जोगाउन कति ध्यान दिनुपर्छ, कति संवेदनशील बन्नुपर्छ थाहा पाउनुहुनेछ । तपाईं वातावरण भनेको के हो अनुभूत गर्नुहुन्छ । तब तपाईंले खाद्यान्नलाई महत्व दिनुहुनेछ र खानेकुरा फाल्नुहुनेछैन ।

तपाईंलाई थाहा छ, हामी के गर्छौं ?
हामी धेरै खानेकुरा लिन्छौं, र यसलाई हामी फ्रिजमा राख्छौं । केही दिनपछि हामी फेरि रेफ्रिजेरेटरमा राख्छौं र खानेकुरा फाल्छौं । हामीले हरेक दिन लाखौं लाखौं टन खानेकुरा फाल्छौं । हामीले खानेकुरा फाल्नुहुँदैन । हामीले एक दिनका लागि मात्रै भनेपनि किसान वा माली बनेर यो कुरा सिक्न सक्छौं ।

३. मानसिक अस्पतालमा एकदिन बिताउनुहोस्

मानसिक अस्पतालमा बिरामीहरुले जे जे कुरा गरेपनि नराम्रो नसोच्नुहोस् ।
उनीहरुले गाली गर्न सक्छन्,
उनीहरुले तपाईलाई विभिन्न आरोप लगाउन सक्छन्,
उनीहरुले श्राप दिन सक्छन्,
तपाईंले आपत्ति प्रकट गर्नुहुन्छ र ?

तपाईं आपत्ति मान्नुहुन्न, किनकि तपाईंलाई थाहा छ कि उनीहरु मानसिकरुपमा बिरामी छन् । तपाईंलाई थाहा छ, धेरै मानिसहरु अस्पताल बाहिर हुन्छन्, तर यसको अर्थ यो होइन कि अस्पताल बाहिर हुने सबै मानिसहरु मानसिक रुपमा ठिक छन् । यसकारण, जीवनमा तपाईंलाई कसैले बिना कारण दोष लगाउन सक्छन्, उनीहरुले रिस गर्न सक्छन्, डाह र ईश्र्या गर्न सक्छन् । अर्थ न वर्थका कुरा गर्न सक्छन् । यसपछि, तपाईलाई थाहा छ, यिनीहरुलाई हाँसेरै कसरी व्यवहार गर्नुपर्छ भन्ने सीप र धैर्यता तपाईले हासिल गर्नुहुनेछ । यसपछि तपाईंले अनावश्यक कुरा दिमागमा थुपारेर दिमाग खराब गर्नुहुनेछैन ।

यसकारण यदि तपाईंले एक दिन मानसिक अस्पतालमा बिताउनुभयो भने, मष्तिष्कलाई कसरी बचाउने भन्ने कुरा जान्नु हुनेछ । र, तपाईं अरुका विचारको फुटबल हुनबाट बच्नुहुनेछ ।

 

४. एकदिन तपाईं जेल जानै पर्छ । हुनसक्छ, यसबाट तपाईंलाई राम्रै झट्का लागोस्

जेल जानलाई तपाईंले नराम्रै काम गर्नुपर्छ भन्ने छैन । जेल यत्तिकै पनि घुम्न जान सक्नुहुन्छ । कैदीबन्दीहरुसँग केही समय बिताउनुहोस् ।
तपाईंले दया र करुणा भनेको के हो, गहिरोसँग बुझ्नु हुनेछ । सहयोगविहिनता भनेको के हो, बुझ्नुहुनेछ ।
सचेतनाको अभावमा गल्ती गर्ने मानिसहरु अहिले जेलमा छन् ….. र अहिले त्यसको मूल्य चुक्ता गरिरहेका छन् ।
यसबाट तपाईं आफ्नो काममा सचेत (सावधान) रहन सक्नुहुनेछ ।

५. एक दिन मृत्यू कुरिरहेका अस्पतालका बिरामी सँग बिताउनुहोस्

यहाँ तपाईंले जीवन कति मूल्यवान छ भन्ने कुरा बुझ्नुहुनेछ ।
र तपाई आफ्नो स्वास्थ्यप्रति हेरचाह गर्न सुरु गर्नुहुनेछ । राम्रो खानुहुनेछ, व्यायाम सुरु गर्नुहुनेछ । र, जीवनमा अझ गतिशील हुन गर्नुपर्ने सबै कुराहरु गर्नुहुनेछ ।

यी पाँच दिनहरु बिताइसकेपछि नतिजा के आउला ?
मलाई लाग्छ, यी पाँच दिनहरुमा अझ गतिशील हुनुहुनेछ, अझ जीवन्त हुनुहुनेछ, अझ प्रेममय, करुणामय र सक्रिय हुनुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा