बिहानभन्दा बेलुकी नुहाउनु बढी फाइदाजनक !

बिहान नुहाउनुहुन्छ कि बेलुकी ? यो तपाईंको व्यक्तिगत रुचिको विषय हो । यद्यपि, प्रायः मानिस बिहान नुहाउन मन पराउँछन् । जुन स्वस्थ जीवनका लागि फाइदाजनक पनि हो । तर, तपाईंलाई यो कुरा सुन्दा अचम्म लाग्न सक्छ कि बिहानभन्दा बेलुकी नुहाउनु बढी फाइदाजनक हुन्छ । बेलुकी नुहाउनुका फाकइदा यस्ता छन्  :-

bathing

छालाको इन्फेक्सनबाट मुक्त हुन

प्रायः मानिसले बेलुकी हातखुट्टा सफा गरेर सुत्ने गर्छन् । यति मात्र नभएर सुत्नुअघि नुहाउनु निकै जरुरी भएको स्किन एक्सपर्टहरू बताउँछन् । खासगरी गर्मी मौसममा बेलुकी नुहाउँदा निकै फाइदा हुन्छ ।

किनभने, दिनभर काम गर्दा शरीरमा फोहोर जम्मा भएको हुन्छ । जसका कारण छालामा इन्फेक्सन हुने खतरा हुन्छ । त्यसैले सुत्नुअघि नुहाउँदा शरीर सफा मात्र नभएर विभिन्न संक्रमणबाट पनि बच्न मद्दत पुग्छ । यस्तो बानीले छाला कोमल बन्न पनि सघाउँछ ।

आरामदायी निद्रा

सुत्नुअघि नुहाउँदा आरामदायी निद्रामा सहयोग पुग्छ । यसले दिनभरको थकानबाट मुक्त हुन सहयोग मिल्छ । तपाईंले नुहाउने पानीमा सुगन्धित तेलका केही थोपा राख्न पनि सक्नुहुन्छ । यसरी नुहाउँदा तपाईंलाई रिल्याक्स फिल हुन्छ । तेलले छालाका लागि मोस्चराइजरको पनि काम गर्छ ।

तौल कम गर्न

नुहाउने समय शरीरको क्यालोरी पनि केही मात्रामा जलेर जान्छ, जुन तौल घट्ने पहिलो स्टेप हो । त्यसैले बेलुकी नुहाउँदा मोटोपनबाट मुक्त हुन पनि सहज हुन्छ ।

मुड ठीक राख्न

दिनभर काम गर्दा स्वाभाविक रूपमा मानिसले थकाइको अनुभूति गर्छ । थकाइले मानिसको मुड पनि खराब गर्छ । अनि स–साना कुरामा पनि रिस उठ्छ । यस्तो अवस्थामा तपाईंले थकाइलाई टाढा राख्ने गतिविधि गर्न आवश्यक हुन्छ । थकाइबाट मुक्त हुँदा तपाईंको मुड पनि ठीक ठाउँमा आउँछ र तपाईंको स्फूर्ति जाग्न थाल्छ । थकाइ र प्रदूषणबाट मुक्त हुन रातमा नुहाएर फाइदा उठाउन सक्नुहुन्छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

 कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि