February 21, 2018

नोबेलमा गरियो विश्वकै दुर्लभ र जटिल शल्यक्रिया (भिडियो रिपोर्टसहित)

 
बिराटनगर, ९ फागुन । बिराटनगर स्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले दुई जटिल रोग भएका एक बिरामीको एकैसाथ सफल शल्यक्रिया गरेको छ । सुनसरीको इनरुवा–३ महेन्द्र चौकका ४२ बर्षीय हिरा आचार्यको एन्यूरिजम (मस्तिष्क भित्रको नसामा बनेको रगतको पोका फुटेको) र ब्रेन ट्यूमरको एकैसाथ सफल शल्यक्रिया गरिएको नोबेल अस्पतालले जनाएको छ । यस्तो शल्यक्रिया विश्वमै दुर्लभ र जटिल मानिने चिकित्सकहरुको भनाई छ ।

अत्याधुनिक न्यूरो सर्जरी सेवा सुरु गरेको नोबेलले अत्याधुनिक उपकरणको सहायतामा दुवै रोगको एकैसाथ सफल शल्यक्रिया गरेर बिरामीको ज्यान बचाएको हो । ब्रेन ट्युमर भित्र एन्यूरिजमको समस्या बिश्वमै दुर्लभ र जटिल मानिने नोबेल अस्पतालका न्यूरो सर्जन डा.सुनिल मुनाकमी बताउँछन् ।

‘यस्तो समस्या विश्वमै ४/५ जनामा मात्र पाईएको छ ।’डा. मुनाकमी भन्छन् ‘अत्याधुनिक उपकरणका कारण जटिल शल्यक्रिया सफल भयो ।’ एन्यूरिजमको समस्याले मात्र पनि विरामीको ज्यान जाने संभावना धेरै हुन्छ । अझ ब्रेन ट्यूमर भित्र भएको एन्यूरिजम झनै खतरनाक भएपनि शल्यक्रिया गरी बिरामीको ज्यान बचाउँन सफल भएको डा. मुनाकमीले बताए ।

जटिल शल्यक्रिया सफल भएपछि बिरामीका आफन्तले खुशी ब्यक्त गरेका छन् । ‘अप्रेशन सक्सेस हुने हो कि हैन भनेर धैरै डर लागेको थियो ।’ बिरामीकी श्रीमति अंकिता आचार्यले भनिन् ‘जटिल अप्रेशन पनि नोबेलमा सजिलै भयो, ज्यान बाच्यो यसमै खुःशी छौ ।’ केहि दिन अघि अत्याधिक टाउको दुखेर आचार्य मुर्छा परी ढलेका थिए ।

त्यसपश्चात तत्काल उनलाई स्थानीय अस्पतालमा सामान्य उपचार गरी थप उपचारका लागि बिराटनगरकै एक अस्पताल पुर्याइयो । त्यहा बढी खर्च लाग्ने बताएपछि सस्तो र राम्रो उपचारको खोजीमा नोबेल अस्पतालमा ल्याएर उपचार गरिएको बिरामी हिराका दाजु सुरेश आचार्यले बताए । ‘नोबेलमा राम्रो उपचार हुन्छ भन्ने सुनेका थियौ ।’ आचार्यले भने ‘अन्त भन्दा धेरै सस्तो र धेरै राम्रो उपचार हुँदो रहेछ ।’

नाेबेल हस्पिटलमा भित्र्यार्इएकाे अत्याधुनिक न्यूराे सजर्री सेवा, याे सेवा नेपालमा मात्र नभएर एसियामै पहिलाेपटक नाेबेलमा शुरू गरिएकाे हाे ।   

नोबेलले न्यूरोका लागि जर्मन, अमेरिकालगायत देशबाट अत्याधुनिक उपकरणसँगै बिषेशज्ञ डाक्टरको ब्यवस्थापन गरी जटिल रोगको पनि सफल शल्यक्रिया गर्दै आएको छ । अत्याधुनिक उपकरण र विश्व प्रसिद्ध डाक्टरहरु भएकाले अव जस्तोसुकै जटिल रोगको उपचार गर्न पनि नोबेल सक्षम रहेको अस्पताल सञ्चालक डा.सुनिल शर्माको भनाई छ । दक्षिण एशियामै पहिलो पटक अत्याधुनिक न्यूरो सर्जरी सेवा सुरु गरेको दावी गर्दै डा.शर्माले भने ‘नेपालका मात्र हैन विदेशका बिरामी पनि उपचारका लागि नोबेलमा आउने वातावरण बनाएका छौ ।’

गुणस्तरीय स्वास्थ्योपचार सेवा पाएपछि नोबेल अस्पतालमा आउँने बिरामीको संख्या बढ्दो छ । पूर्वका १६ जिल्लाका जनतालाई सर्वसुलभ सेवा दिँदै आएको नोबेलले पछिल्लो समय गुणस्तरीय र अत्याधुनिक सेवा प्रारम्भ गरेपछि छिमेकी मुलुक भारतका सिमावर्ती क्षेत्र र, भुटानबाट समेत स्वास्थ्योपचारका लागि विरामीहरु विराटनगर आउने क्रम बढेको छ ।

 भिडियाे रिपाेर्ट हेर्न यहाँ क्लिक गर्नुहाेस्

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

 कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि